माघ १७, सुनसरी । सुनसरीमा लागू औषध कारोबारी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना कारोबारी घाइते भएका छन भने तीन जना प्रहरी पनि घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १७, सुनसरी । सुनसरीमा लागू औषध कारोबारी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना कारोबारी घाइते भएका छन भने तीन जना प्रहरी पनि घ"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लागूऔषध कारोबारी र प्रहरीबीच झडप, ६ जना घाइते

१७ माघ २०७३, सोमबार १२:४३


माघ १७, सुनसरी । सुनसरीमा लागू औषध कारोबारी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना कारोबारी घाइते भएका छन भने तीन जना प्रहरी पनि घाइते भएका छन् ।

इटहरी उपमहानगरपालिका–१४ स्थित खनारको डिलमा भएको गोली हानाहानमा प्रहरीको गोली लागेर घाइते हुनेमा मोरङका श्रवण सरदार, सतन पासवान र सुनसरीका करिश्मा चौधरी रहेका छन् ।

उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । घटनास्थलबाट चारवटा पेस्तोल र लागू औषध बरामद गरेको प्रहरीले जनाएको छ । खनारको डीलमा लागू औषध कारोबारीको समूह रहेको सूचना पाई गएको प्रहरीमाथि सो समूहले गोली चलाएपछि जवाफी कारवाही गरेको सुनसरी प्रहरीले जनाएको छ ।

पाँच दिन अघि सोही समूहले मोरङको कर्सियामा मोरङको कटहरीमा मुख्य कार्यालय रहेको वित्तिय संस्था जीवन विकास समाजका कर्मचारी ३५ बर्षीय घनश्याम बहरदार माथि दिउँसो १२ बजेतिर गोली प्रहार गरेर २ लाख बढी लुटपाट गरेको थियो । 

गोली प्रहार गर्ने मध्ये एक जनालाई प्रहरीले नियन्त्रण लिएको थियो । त्यसैगरी १ महिना अघि विराटनगरको रानीमा रहेको एक मनी एक्सचेञ्जका संचालक माथिपनि गोली प्रहर गरी ३ लाख रुपैयाँ लुटेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै