माघ १७, सुनसरी । सुनसरीमा लागू औषध कारोबारी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना कारोबारी घाइते भएका छन भने तीन जना प्रहरी पनि घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १७, सुनसरी । सुनसरीमा लागू औषध कारोबारी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना कारोबारी घाइते भएका छन भने तीन जना प्रहरी पनि घ"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लागूऔषध कारोबारी र प्रहरीबीच झडप, ६ जना घाइते

२०७३, १७ माघ सोमबार १२:४३


माघ १७, सुनसरी । सुनसरीमा लागू औषध कारोबारी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना कारोबारी घाइते भएका छन भने तीन जना प्रहरी पनि घाइते भएका छन् ।

इटहरी उपमहानगरपालिका–१४ स्थित खनारको डिलमा भएको गोली हानाहानमा प्रहरीको गोली लागेर घाइते हुनेमा मोरङका श्रवण सरदार, सतन पासवान र सुनसरीका करिश्मा चौधरी रहेका छन् ।

उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । घटनास्थलबाट चारवटा पेस्तोल र लागू औषध बरामद गरेको प्रहरीले जनाएको छ । खनारको डीलमा लागू औषध कारोबारीको समूह रहेको सूचना पाई गएको प्रहरीमाथि सो समूहले गोली चलाएपछि जवाफी कारवाही गरेको सुनसरी प्रहरीले जनाएको छ ।

पाँच दिन अघि सोही समूहले मोरङको कर्सियामा मोरङको कटहरीमा मुख्य कार्यालय रहेको वित्तिय संस्था जीवन विकास समाजका कर्मचारी ३५ बर्षीय घनश्याम बहरदार माथि दिउँसो १२ बजेतिर गोली प्रहार गरेर २ लाख बढी लुटपाट गरेको थियो । 

गोली प्रहार गर्ने मध्ये एक जनालाई प्रहरीले नियन्त्रण लिएको थियो । त्यसैगरी १ महिना अघि विराटनगरको रानीमा रहेको एक मनी एक्सचेञ्जका संचालक माथिपनि गोली प्रहर गरी ३ लाख रुपैयाँ लुटेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन