५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘श्रीपञ्चमी’मा बालबालिकालाई अक्षराम्भ गराइँयो (फोटो फिचर)

१९ माघ २०७३, बुधबार ०६:४६

माघ १९, काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का अवसरमा देशको बिभिन्न ठाउँमा भक्तजनको विशेष घुइँचो लागेको छ । यसका साथै आजको दिनबाट बालबालिकाहरुलाई अक्षर आरम्भ गराईएको छ ।


यसैगरी राजधानीको स्वयम्भूमा पनि भक्तजनहरुको घुँइचो लागेको छ । प्रत्येक वर्ष आजका दिन त्यस क्षेत्रमा रहेको मन्जुश्रीको मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । त्यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न सरस्वती मन्दिरमा पूजा गर्न भक्तजनको भीड लाग्ने गर्दछ । काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट त्यहाँ दर्शन गर्न भक्तजन आएका छन् । 


सरस्वतीलाई चामल चढाई केही अक्षता घरमा लगेमा ज्ञान प्राप्त हुने र ज्ञानको ज्योति पाइने प्राचीन मान्यता रहेको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको वरपर भूकम्पबाट क्षति भएका सम्पदा भत्काइएकाले पनि दर्शनार्थीलाई केही असुविधा भएको छ । 


विद्या र सिर्जनाकी देवी तथा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरेमा ज्ञानी भई समाजको सेवा गर्न सकिने विश्वास छ । 


विशेषगरी विद्यार्थीलाई आजको दिन अक्षर आरम्भ गराइन्छ भने विवाह, ब्रतबन्धलगायत शुभकार्य गर्नका लागि आजको दिन साइत हेर्न नपर्ने हिन्दू धर्मावलम्बीको विश्वास छ ।  


तस्बिरः सरोज सिम्खडा/ साझासबाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता