फागुन २५, गोरखा । पुरुष कामदार सरह घरको गारो लगाउन पोख्त गोरखाको खोप्लाङ ४ की मनु तामाङलाई आजभोलि फुर्सद छैन । 

निजी आवास पुनःनिर्माणका लागि अनुदान रकम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २५, गोरखा । पुरुष कामदार सरह घरको गारो लगाउन पोख्त गोरखाको खोप्लाङ ४ की मनु तामाङलाई आजभोलि फुर्सद छैन । 

निजी आवास पुनःनिर्माणका लागि अनुदान रकम "/>

२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुनःनिर्माणमा रमाउँदै गोरखाका महिला कामदार

२०७३, २५ फाल्गुन बुधबार १२:५९


फागुन २५, गोरखा । पुरुष कामदार सरह घरको गारो लगाउन पोख्त गोरखाको खोप्लाङ ४ की मनु तामाङलाई आजभोलि फुर्सद छैन । 

निजी आवास पुनःनिर्माणका लागि अनुदान रकम लिएका गाउँलेहरुले तामाङलाई भेटेर घर निर्माण गरिदिन आग्रह गर्छन् । तामाङले ठेक्का लिएरै चार वटा घर निर्माणको काम गरिरहनुभएको छ । उहाँलाई श्रीमान् वीरमानले पनि साथ दिएपछि घर पुनःनिर्माणको चाप बढेको हो । वीरमान पनि डकर्मी हुनुहुन्छ । 

विगतदेखि नै मजदुरी गर्दै आउनुभएका तामाङले घरको गारो लगाउने सीप भूकम्पपछि प्राप्त गर्नुभएको हो । मजदुरीमा सक्रिय तामाङलाई गाउँलेले नै भूकम्प प्रतिरोधी घरहरु बनाउने तालिम लिने जोहो मिलाइदिएका हुन् । केयर नेपालले दिएको सात दिने तालिम लिएपछि ठेक्का लिएरै घर बनाउने आँट तामाङमा आयो भने गाउँलेले पनि ढुक्क भएर घर बनाउन दिएपछि तामाङ परिवारमा आम्दानी पनि बढेको छ । 

‘निर्माण सामग्री (ढुङ्गा, गिटी, ालुवा, छड, सिमेन्ट, काठ) घरबेटीले जुटाउँछन्, जग खन्ने, गारो लगाउने, प्लास्टर गर्नेदेखि धुरी मार्नेसम्मको काम मेरो नेतृत्वमा गर्छु,’ घर पुनःनिर्माणमा सक्रिय तामाङले भन्नुभयो – ‘पुरुष कामदारले गर्न सक्ने सबै काम महिलाले पनि गर्न सक्छन् । समान ज्याला दिनुपर्छ भन्ने दबाब गाउँलेमा परेको छ ।’ तालिम लिनु पूर्व दिनको ५०० रुपैयाँ पारिश्रमिक पाउने तामाङले अहिले दैनिक एक हजार रुपैयाँ पारिश्रमिक पाउँदै आउनुभएको छ । 

महिनामा कम्तीमा २५ दिन काममा निस्केको बताउँदै तामाङले घर, गृहस्थीको काम थाँती नराखेको बताउनुभयो । बिहान, बेलुकी घरको काम गर्दै आएको भन्दै उहाँले तालिम लिएपछि आफू सक्षम कामदार भएको बताउनुभयो । उहाँले दुई लाखदेखि तीन लाख रुपैयाँसम्म लिएर घर निर्माण गर्दै आउनुभएको छ । तामाङले ठेक्का लिएको घर निर्माणमा पाँच÷सात जना पुरुष कामदार पनि पुनःनिर्माणमा सक्रिय छन् तर उनीहरुले तालिम लिएका छैनन् । 

टोलमै तामाङले मात्रै तालिम लिएको हो भन्दै खोप्लाङस्थित बेलवासका बिजबहादुर कुँवरले तालिम प्राप्त कामदारलाई घर बनाउने ठेक्का सुम्पन पाउँदा ढुक्क भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘तालिम नलिएका कामदारले पनि घर बनाउन जानेका छन् । तर मापदण्ड अनुसार बनाउँदैनन् । मापदण्ड अनुसार नबनेपछि इञ्जिनियरले घर पास गर्दैनन्, अनुदान पाइँदैन ।’ तामाङले कोलकाटेका इन्द्र भुजेलको घर निर्माण गरिसक्नुभएको छ । एकपछि अर्को घर निर्माण गरेपछि तामाङलाई काम दिनेहरु बढेका छन् । 

काम सानो, ठूलो नहुने भन्दै तामाङले ‘मजदुरी पेसा गरेको भन्दा खुसी लाग्ने तर गाउँलेहरु केहीले कुल्ली पेसा गरेको भनेको सुन्दा मन दुखेर आउने’ बताउनुभयो । काम गरेर गाउँमा राम्रो कामदार बन्ने उहाँको इच्छा छ । ठेक्का लिएर घर बनाउन सक्ने भएकामा उहाँका श्रीमान् वीरबहादुर पनि खुसी छन् । ‘मैले घर बनाउने काम गर्दै आएको १५ वर्ष भइसकेको छ,’ उहाँले भन्नुभयो – ‘श्रीमतीले पनि ठेक्कै लिएर घर बनाउन सुरु गरिन् । म खुसी छु ।’ 

तामाङले ईंटा, ढुङ्गा, ब्लकको गारो सुर मिलाएर लगाउन सक्नुहुन्छ । उहाँले भन्नुभयो, ‘काम समान भएपछि ज्याला पनि समान हुनुपर्छ । महिलालाई पुरुष सरह काम लगाउने, ज्याला आधा दिने गर्न पाइँदैन ।’ यस्तै गाँखु गाविस ७ महटारकी सङ्गीता मग्राती र कोपिला नेपाली पनि तालिम लिएपछि पुनःनिर्माणको काममा घर बनाउन सक्रिय भएर जुटिरहनु भएको छ । दैनिक एक हजारका दरले पारिश्रमिक लिँदै आउनुभएका सङ्गीताले भन्नुभयो – ‘घरको काम सकेपछि दिनभर गफगाफमै रमाइन्थ्यो । तालिम लिएपछि घर बनाउने काम गर्न भ्याइनभ्याइ छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा