चैत ७, गोरखा । पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ७, गोरखा । पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ । 
2026-09-08 02:08 PM
काठमाडौँ - KTM

मनकामना मन्दिर पुनःनिर्माण सक्न अझै एक वर्ष लाग्ने

चैत ७, गोरखा । पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ । 

मन्दिर पुनःनिर्माणको काम पहिलो तलासम्म पुगेको भए पनि पहिलो तलाकै छाना राख्न तीन महिना लागेको हो । मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले कामदार र काठ अभाव झेल्नु नपरेको भए मन्दिर पुनःनिर्माणले गति लिने थियो भन्नुभयो । काठ अभाव टार्न पुरानै काठको प्रयोग भइरहेको छ । 

श्रेष्ठले भन्नुभयो, “चार/पाँच जना कामदारले मन्दिर पुनःनिर्माणको काम गर्दै आउनुभएको छ । पुरातत्व विभागले भनेअनुसार पहिलेकै अवस्थामा कुनै हेरफेर नहुने गरी मन्दिर निर्माण भइरहेको छ ।” पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्व बोकेको मन्दिर भएकाले पुरातत्व विभागका इन्जिनियर तथा प्राविधिक कर्मचारीको प्रत्यक्ष अवलोकन तथा अनुगमनमा मन्दिर पुनःनिर्माण अघि बढाइएको छ । 

विसं ०७२ साउनदेखि मन्दिर पुनःनिर्माण सुरु गरिएको थियो । एक वर्षभित्रमा मन्दिरको एक तला निर्माण सकिएको हो । ०७४ सालभित्रमा मन्दिरको पुनःनिर्माण सक्ने र धर्मावलम्बीलाई पूजाअर्चनाका लागि खुल्ला गरिने श्रेष्ठले बताउनुभयो । पुरानो मन्दिर भत्काएपछि मन्दिर अघि रहेको खुल्ला ठाउँमा टहरो बनाएर पूजाआजा गरिँदै आइएको छ । 

०६८ मा पुरातत्व विभागले गरेको अध्ययन अनुसार मन्दिर पुनःनिर्माणमा रु आठ करोड लगानी गर्नुपर्ने बताइए पनि महँगी बढेकाले लागत खर्च पनि बढेको छ । मन्दिर निर्माण सक्न कम्तीमा रु १४ करोड आवश्यक पर्ने देखिएको श्रेष्ठको भनाइ छ । मन्दिर निर्माण गर्न सरकारले करिब रु चार करोड दिएको थियो भने भक्तजनबाट अहिलेसम्म करिब रु पाँच करोड ५० हजार सङ्कलन भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल