नापी सर्वेक्षक घुस लिएको आरोपमा पक्राउ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

चैत १८, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाका नापी सर्वेक्षक सन्तोषकुमार श्रेष्ठ घुस लिएको आरोपमा आज पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटाँैडा सम्पर्क कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो । कमलामाई नगरपालिकामा बाटो छुट्याइदिएबापत रु २२ हजार पाँच सय घुस लिएको अभियोगमा उनलाई पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो ।

केही समयदेखि श्रेष्ठले सेवाग्राहीबाट घुस लिने गरेको गुनासो आएपछि एक हप्तादेखिको निगरानीमा आज श्रेष्ठलाई पक्राउ गरिएको बताइएको छ । सरकारले भूकम्पपीडितलाई दिएको जग्गाको बाटो छुट्याईदिएबापत श्रेष्ठले पैसा नदिएसम्म नछुट्याई दिने बताएपछि सेवाग्राहीले उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा छानबिन गर्दा आज उनलाई थलामै पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासले जनाएको छ । श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दिइने छ । श्रेष्ठलाई आजै आयोगको टोलीले बर्दिवास लगेको छ । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply