बैशाख ७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनतर्फको भागमा भित्तो काट्न कठिन भए पछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेकोमा परामर्श दात"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनतर्फको भागमा भित्तो काट्न कठिन भए पछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेकोमा परामर्श दात"/>

2026-08-31 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणगढ-मुग्लिन सडकखण्डमा विस्फोट गर्न नमिल्ने


बैशाख ७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनतर्फको भागमा भित्तो काट्न कठिन भए पछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेकोमा परामर्श दाता कम्पनीले दीर्घकालीन रुपमा असर पर्ने भन्दै अस्वीकार गरेको छ । 

सो सडक निर्माणको परामर्श दातामा भारत, कोरिया र नेपालका तीन कम्पनी रहेका छन् । आइसिटी इन्डिया इनजेभी विथ सुरुङ इङ्ग कोरिया इन एसोसिएसन विथ एफविसी नेपालले परामर्श दाताको रुपमा सो सडक हेर्दै आएको छ । निर्माण कम्पनीले परामर्शदातामार्फत आयोजनामा प्रस्ताव राख्ने गर्दछन् । 

यो प्रस्तावलाई परामर्श दाता कम्पनीले थप समस्या हुनसक्ने भएकाले विस्फोटभन्दा अन्य विकल्प खोजी गर्न सुझाएको हो । पत्रमा विस्फोट गर्नै पर्ने थप कारण खुलाउन भनिए पनि आशय भने अन्य प्रविधिको प्रयोग गरेर काट्नुको विकल्प नरहेको जनाएको छ । परामर्श दाता कम्पनीका टिम लिडर विएन सिंहले टेलिफोनमा भन्नुभयो “सवारीको चाप धेरै भएको ठाउँमा विस्फोट गर्नु उपयुक्त हँुदैन ।” 

विस्फोट गर्दा सिङ्गो पहाड खसेर ठूलो समस्या हुनसक्ने भन्दै उहाँले दीर्घकालीन रुपमा पनि लामो समयसम्म पहिरो खसिरहन सक्ने बताउनुभयो । भविश्यमा पनि दुःख पाउन सकिने हँुदा नयाँ प्रविधिको प्रयोग गरेर भए पनि भित्तो काट्नुनै उपयुक्त हुने उहाँको सुझाव छ । 

विस्फोट गर्दा पहाडको अन्य भाग पनि चर्किने र पछिसम्म पहिरो खसिरहने समस्या अन्य सडकमा पनि रहेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । सुरुको सम्झौतामा विस्फोटका कुरा उल्लेख नभएपछि निर्माण कम्पनीले परामर्श दाता कम्पनीसँग सो आग्रह गरेको उहाँले बताउनुभयो । 

सो सडकखण्डको नारायणगढको पुलचोकबाट मुग्लिनतर्फ ३३ दशमलव ६३० किलोमिटरदेखि १०० मिटर लम्बाइ क्षेत्रमा पहाड काट्न निकै कठिन भएको भन्दै विस्फोटका लागि अनुमति माग गरिएको थियो । 

सो क्षेत्रको निर्माण गर्दै आएको सुप्रिम रौताहा जेभिले आयोजनाको परामर्शदातालाई सो आग्रहसहितको पत्र बुझाएको थियो । खनालका अनुसार विस्फोट गर्न अनुमति माग गरिएको क्षेत्रमा झन्डै ८० मिटर अग्लो पहाड रहेको छ । त्रिशूलीतर्फ तल पनि सिधा ठाडो भिर रहेको छ । सो क्षेत्रमा सडक ५ दशमलव ५० मिटर चौडा मात्रै रहेको छ । जहाँ नौ मिटर फराकिलो सडक बनाउनुपर्ने हुन्छ । 

राष्ट्रिय महत्व बोकेको सो सडकखण्ड विस्तारमा निर्माण कम्पनीले लक्ष्यअनुरुप काम गर्न नसक्दा तोकिएको समयमा काम नसकिने निश्चित भएको छ । सुरुको सम्झौताअनुसार यतिबेला काम सम्पन्न गर्नुपर्ने हुन्थ्यो । 

भूकम्प, नाकाबन्दी र काममा भएको अप्ठ्यारोका कारण समयमा काम सम्पन्न गर्न नसकिएको भन्दै दुई पटक समय थप गरी आउँदो पुससम्ममा काम सम्पन्न गर्न समय दिइएको छ । हालसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएको छ । आँपटारीदेखि दासढुङ्गासम्मको पहिलो खण्डमा भित्तो काट्नुपर्ने ठाउँ छैन । 

दासढुङ्गादेखि सिमलतालसम्मको दोस्रो खण्डमा १६ किलोमिटरमा ३०० मिटर र घुमाउनेमा २०० मिटर सडक चौडा गर्नुपर्ने हुन्छ । हाल सो क्षेत्रमा ६ दशमलव ५ मिटर चौडा सडक रहेको छ । जसलाई ११ मिटर फराकिलो बनाउनु पर्ने हुन्छ । करिब ४४ मिटर अग्लो पहाडबाट भित्तो काट्नुपर्ने सो ठाउँको १६ किलोमा २५ प्रतिशतमात्र र घुमाउनेमा ५० प्रतिशत काम भएको खनालले बताउनुभयो । 

त्यसैगरी तेस्रो खण्डमा सिमलतालदेखि मुग्लिन्सम्मको जलविरेमा २०० मिटर र कालीखोलादेखि मुग्लिनसम्मका ठाउँठाउँमा गरी ५०० मिटर सडक चौडा गर्नुपर्ने हुन्छ । खनालका अनुसार जलविरेमा ४० प्रतिशत जति काम सम्पन्न भएको छ भने कालीखोलादेखि मुग्लिनसम्म १० प्रतिशत मात्र काम भएको छ । 

कालीखोलादेखि मुग्लिनसम्मको भागमा ५ दशमलव ५ मिटर मात्र सडक फराकिलो छ । जसलाई नौ मिटर फराकिलो पु¥याउनु पर्नेछ । सो क्षेत्रमा ८० मिटर माथिबाट सडकको भित्तो काट्नुपर्ने हुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने