२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

उखुमा सुक्ने रोग लागेपछि कृषकको लगानी डुब्यो

१० कार्तिक २०७२, मंगलवार १३:२७

विमल धामी/कात्तिक १०, कञ्चनपुर । नगदे बालीको रुपमा रहेको उखुमा सुक्ने रोग लागेपछि कञ्चनपुरका उखु कृषकहरुको लगानी जोख्खिममा परेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी, बेलौरी, पूर्नबास लगायतका क्षेत्रमा उखुमा सुक्ने रोग देखिएको छ ।

उखु पाक्ने सिजनमा सुक्न थालेपछि दक्षिणी क्षेत्रका कृषकहरु समस्यामा परेका हुन् । मंसिर देखि चैत्रसम्म उखु काटेर बिक्रि वितरण गर्दै आएका कृषकहरु यस वर्ष उखु पाक्ने सिजनै सुकेपछि उनीहरुको लगानी समेत डुब्ने भएको हो । स्थानियहरुका अनुसार बेलौरी नगरपालिका १४ भुडाका कृषक ओम प्रकास पन्तको १० कट्टा, गोपाल पन्तको डेढ विगाह र बेल्डाँडी नगरपालिका १ झर्नासागरका उखु कृषक मनोरथ भट्टको डेड विगाह, रुपसिह थापाको १० कट्टा र पूर्नबास नगरपालिका २का स्थानिय पदम पौड्यालको १० कट्टा जमिनमा लगाएको उखु सुक्न थालेको छ ।

जरै देखि टुप्पासम्म उखु सुक्न लागेको छ । बेलौरी नगरपालिका १४ भुडाका कृषक ओम प्रकास पन्तले समयमै पानीको अभाव, मलखाद मौसमका कारण उखुमा सुक्ने रोग लागेको बताए । ग्रामिण बस्तीतिर कृषि प्राविधिकहरुको अभावका कारण पनि रोगको शुरुवात हुँदा निदान गर्न नसकिएको उहाँको भनाई छ ।

बेल्डाँडीका उखु कृषक रुपसिह थापा उखुमा सुक्ने रोग लागेपछि हैरान भएका छन् । ‘उखुमा रोग लागेर लगानी खेर जाने भयो ।’उनले भने ‘आउँदो बर्षदेखि उखु खेती छोडिदिन्छु ।’ बेल्डाँडीका अर्का युवा कृषक दिपेन्द्र सिह धामीले सुक्ने रोग संगै हिउँदको शुरुवात संगै ढक्ने गरेको समस्या समेत देखा परेको बताए । कृषकहरुलाई प्रर्याप्त प्राविधिक ज्ञानको कमिका कारण समस्याको समाधान हुन नसकेको उनको भनाई छ ।

उस्तै पनि यहाँका उखु कृषकहरु समयमै उखु बिक्रि गर्न नपाउने, खेतमा काटेको उखु सुक्ने, उचित मुल्य नपाउने कृषकहरुको समस्या विद्यमान रहेपनि यस वर्ष सुक्ने रोग लाग्न थालेपछि उनीहरु विचल्लीमा परेका छन् । शिवनरगरमा रहेको महाकाली ईन्डिष्ट्रिज चिलीमिलले प्रति क्विन्टल रु.४८५।– मुल्य तोकेपनि विचौलियाका कारण आधा मुल्यमा बिक्रि गर्न बाध्य रहेका कृषकहरुले यस्तो समस्या खेप्नु परेको छ ।

दक्षिणी क्षेत्रमा चिलिमिल खुलेसंगै सो क्षेत्रका कृषकहरु अन्यबाली लगाउन छोडेर उखुखेती तर्फ आकर्षित भएका हुन् । विभिन्न कारणबाट उखुमा सुक्ने रोग लागेको हुन सक्ने जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका बरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले बताउनुभयो ।

बिउ, मल, सिँचाई आदि कारण बाट यस्तो रोग लाग्ने गरेको उहाँको भनाई छ । बेला बेलामा उखु कृषकहरुलाई यस्ता समस्याबाट मुक्ति दिलाउनका लागि कृषि विकास कार्यालयले तालिम संचालन गर्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…