२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

उखुमा सुक्ने रोग लागेपछि कृषकको लगानी डुब्यो

२०७२, १० कार्तिक मंगलवार १३:२७

विमल धामी/कात्तिक १०, कञ्चनपुर । नगदे बालीको रुपमा रहेको उखुमा सुक्ने रोग लागेपछि कञ्चनपुरका उखु कृषकहरुको लगानी जोख्खिममा परेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी, बेलौरी, पूर्नबास लगायतका क्षेत्रमा उखुमा सुक्ने रोग देखिएको छ ।

उखु पाक्ने सिजनमा सुक्न थालेपछि दक्षिणी क्षेत्रका कृषकहरु समस्यामा परेका हुन् । मंसिर देखि चैत्रसम्म उखु काटेर बिक्रि वितरण गर्दै आएका कृषकहरु यस वर्ष उखु पाक्ने सिजनै सुकेपछि उनीहरुको लगानी समेत डुब्ने भएको हो । स्थानियहरुका अनुसार बेलौरी नगरपालिका १४ भुडाका कृषक ओम प्रकास पन्तको १० कट्टा, गोपाल पन्तको डेढ विगाह र बेल्डाँडी नगरपालिका १ झर्नासागरका उखु कृषक मनोरथ भट्टको डेड विगाह, रुपसिह थापाको १० कट्टा र पूर्नबास नगरपालिका २का स्थानिय पदम पौड्यालको १० कट्टा जमिनमा लगाएको उखु सुक्न थालेको छ ।

जरै देखि टुप्पासम्म उखु सुक्न लागेको छ । बेलौरी नगरपालिका १४ भुडाका कृषक ओम प्रकास पन्तले समयमै पानीको अभाव, मलखाद मौसमका कारण उखुमा सुक्ने रोग लागेको बताए । ग्रामिण बस्तीतिर कृषि प्राविधिकहरुको अभावका कारण पनि रोगको शुरुवात हुँदा निदान गर्न नसकिएको उहाँको भनाई छ ।

बेल्डाँडीका उखु कृषक रुपसिह थापा उखुमा सुक्ने रोग लागेपछि हैरान भएका छन् । ‘उखुमा रोग लागेर लगानी खेर जाने भयो ।’उनले भने ‘आउँदो बर्षदेखि उखु खेती छोडिदिन्छु ।’ बेल्डाँडीका अर्का युवा कृषक दिपेन्द्र सिह धामीले सुक्ने रोग संगै हिउँदको शुरुवात संगै ढक्ने गरेको समस्या समेत देखा परेको बताए । कृषकहरुलाई प्रर्याप्त प्राविधिक ज्ञानको कमिका कारण समस्याको समाधान हुन नसकेको उनको भनाई छ ।

उस्तै पनि यहाँका उखु कृषकहरु समयमै उखु बिक्रि गर्न नपाउने, खेतमा काटेको उखु सुक्ने, उचित मुल्य नपाउने कृषकहरुको समस्या विद्यमान रहेपनि यस वर्ष सुक्ने रोग लाग्न थालेपछि उनीहरु विचल्लीमा परेका छन् । शिवनरगरमा रहेको महाकाली ईन्डिष्ट्रिज चिलीमिलले प्रति क्विन्टल रु.४८५।– मुल्य तोकेपनि विचौलियाका कारण आधा मुल्यमा बिक्रि गर्न बाध्य रहेका कृषकहरुले यस्तो समस्या खेप्नु परेको छ ।

दक्षिणी क्षेत्रमा चिलिमिल खुलेसंगै सो क्षेत्रका कृषकहरु अन्यबाली लगाउन छोडेर उखुखेती तर्फ आकर्षित भएका हुन् । विभिन्न कारणबाट उखुमा सुक्ने रोग लागेको हुन सक्ने जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका बरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले बताउनुभयो ।

बिउ, मल, सिँचाई आदि कारण बाट यस्तो रोग लाग्ने गरेको उहाँको भनाई छ । बेला बेलामा उखु कृषकहरुलाई यस्ता समस्याबाट मुक्ति दिलाउनका लागि कृषि विकास कार्यालयले तालिम संचालन गर्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से