Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चट्याङ लागेर स्थानीय चुनाबका उम्मेदवारको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख २६, चितवन । </b>कालिका नगरपालिका– ११ खोलागाउँका नेकपा(माओवादी केन्द्र)का तर्फबाट वडा सदस्यका उम्मेदवारको आज बिहान चट्याङका कारण मृत्यु भएको छ ।&nbsp;<br></p><p>जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ३९ वर्षीय सिफल प्रजाको चट्याङले मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान ३: ३० बजे चट्याङ परेका बेला बेहोस भएका प्रजालाई उपचारका लागि बिहान ६ बजे कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा ल्याउँदै गर्दा बाटामा नै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।&nbsp;</p><p>नजिकै चट्याङ परेपछि हृदयाघात भएर प्रजाको मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनको शरीरमा कुनै चोटपटक नभेटिएको प्रहरीले जनाएको छ । रासस&nbsp;</p>