पुर्णबहादुर खड्का | जेठ ८, अछाम | बाजुरा जिल्ला काँडा गाविसकी बिमला रोकायाले ९ दिन अघिमात्र एक छोरालाई जन्म दिईन । घरमै जन्म दिएको छोराको मलद्धार नभएको उनले ३ दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुर्णबहादुर खड्का | जेठ ८, अछाम | बाजुरा जिल्ला काँडा गाविसकी बिमला रोकायाले ९ दिन अघिमात्र एक छोरालाई जन्म दिईन । घरमै जन्म दिएको छोराको मलद्धार नभएको उनले ३ दि"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जन्मदै मलद्धार नभएपछी ज्यान जोगाउन यस्तो गरियो…

८ जेष्ठ २०७४, सोमबार ११:३८

पुर्णबहादुर खड्का | जेठ ८, अछाम | बाजुरा जिल्ला काँडा गाविसकी बिमला रोकायाले ९ दिन अघिमात्र एक छोरालाई जन्म दिईन । घरमै जन्म दिएको छोराको मलद्धार नभएको उनले ३ दिन पछि मात्र थाह पाईन । मलद्धार नभएपछि उनले आफना श्रीमान गोरख रोकाया र सासुलाई जानकारी गराईन । ३ दिनसम्म बच्चाले आमाको दुध खाने र पिसाब गर्ने गरेको र दिसा नभएपछि उनले थाह पाएको बताईन ।

त्यसपछि छोरा जन्मेको चौथोँ दिनमा उनका आफन्तले उपचारका लागी जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा लिए तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बयालपाटा अस्पताल लैजान भनेर रिफर गरियो । जन्मेको तेश्रो दिनमै बयालपाटा अस्पताल पुर्याउदासम्म बच्चाले खाएको दुधले पेट फुल्दै गएकोले जन्मेको केही दिनमै शल्यक्रिया नभए बच्चाको ज्यान जाने बयालपाटा अस्पतालका मेडिकल दिर्नेशक डाक्टर सन्तोषकुमार ढुंगानाले बताउनु भयो । 

उहाँले भन्नुभयो यो एकदमै जटिल समस्या हो बच्चा तेश्रो दिनसम्म अस्पताल नपुगेको भए ज्यान जाने थियो । जटिल प्रकारको शल्यक्रियाका लागी नवजात शिशु बिशेषज्ञ नै आवश्यक हुन्छ तर तत्काल बिशेषज्ञ उपलब्ध नहुदाँ ज्यान जोगाउनका लागी शल्यक्रिया गरेको उहाँले बताउनु भयो । बच्चालाई बेहोस पारी पेट चिरेर ठुलो आन्द्रालाई बाहिर निकालिई त्यसलाई खोलेर दिसा आउने ठाँउ बनाईएको समेत उहाँले बताउनु भयो । तर यो दिर्घकालिन समाधान नभएकोले बच्चालाई बिशेषज्ञ भएको ठाँउमै पुर्याउनु पर्ने हुन्छ डाक्टर ढुंगानाले भन्नुभयो हामीले त सुरुमै बच्चलाई बिशेषज्ञकहाँ लैजान भनेका थियौँ तर आफन्तले नमानेपछि बच्चाको ज्यान जोगाउन अप्रेशन गनुपरेको हो । यहाँ गरेको अप्रेसन बच्चा बाँच्नका लागी र जटिलखालको अप्रेशनका तयारी तथा बाहिर लैजान सयम दिएको निर्देशक ढुंगानाले बताउनु भयो । अबको केहि दिनमै बच्चाको जटिल खालको अप्रेसन गर्नुपर्ने समेत उहाँको भनाई छ । अहिले बच्चाले आमाको दुध खाईरहेको र दिसा पनि गरिरहेको छ डाक्टर ढुंगानाले भन्नुभयो बच्चाको स्वास्थ्य अवस्था समेत सामान्य छ । 


यस्तो खालको सामान्य सल्यक्रिया गर्नपनि ३०/४० हजार भन्दा बढी खर्च लाग्ने समेत डाक्टर ढुंगानाको भनाई छ । तर बयालपाटा अस्पतालमा सबै सेवा निशुल्क भएकाले बच्चाको सबै उपचार निशुल्क भएको छ । छिटफुट मात्रमा यस्ताखालका समस्या आउने गरेका अस्पतालले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…