पुर्णबहादुर खड्का | जेठ ८, अछाम | बाजुरा जिल्ला काँडा गाविसकी बिमला रोकायाले ९ दिन अघिमात्र एक छोरालाई जन्म दिईन । घरमै जन्म दिएको छोराको मलद्धार नभएको उनले ३ दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुर्णबहादुर खड्का | जेठ ८, अछाम | बाजुरा जिल्ला काँडा गाविसकी बिमला रोकायाले ९ दिन अघिमात्र एक छोरालाई जन्म दिईन । घरमै जन्म दिएको छोराको मलद्धार नभएको उनले ३ दि"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जन्मदै मलद्धार नभएपछी ज्यान जोगाउन यस्तो गरियो…

२०७४, ८ जेष्ठ सोमबार ११:३८

पुर्णबहादुर खड्का | जेठ ८, अछाम | बाजुरा जिल्ला काँडा गाविसकी बिमला रोकायाले ९ दिन अघिमात्र एक छोरालाई जन्म दिईन । घरमै जन्म दिएको छोराको मलद्धार नभएको उनले ३ दिन पछि मात्र थाह पाईन । मलद्धार नभएपछि उनले आफना श्रीमान गोरख रोकाया र सासुलाई जानकारी गराईन । ३ दिनसम्म बच्चाले आमाको दुध खाने र पिसाब गर्ने गरेको र दिसा नभएपछि उनले थाह पाएको बताईन ।

त्यसपछि छोरा जन्मेको चौथोँ दिनमा उनका आफन्तले उपचारका लागी जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा लिए तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बयालपाटा अस्पताल लैजान भनेर रिफर गरियो । जन्मेको तेश्रो दिनमै बयालपाटा अस्पताल पुर्याउदासम्म बच्चाले खाएको दुधले पेट फुल्दै गएकोले जन्मेको केही दिनमै शल्यक्रिया नभए बच्चाको ज्यान जाने बयालपाटा अस्पतालका मेडिकल दिर्नेशक डाक्टर सन्तोषकुमार ढुंगानाले बताउनु भयो । 

उहाँले भन्नुभयो यो एकदमै जटिल समस्या हो बच्चा तेश्रो दिनसम्म अस्पताल नपुगेको भए ज्यान जाने थियो । जटिल प्रकारको शल्यक्रियाका लागी नवजात शिशु बिशेषज्ञ नै आवश्यक हुन्छ तर तत्काल बिशेषज्ञ उपलब्ध नहुदाँ ज्यान जोगाउनका लागी शल्यक्रिया गरेको उहाँले बताउनु भयो । बच्चालाई बेहोस पारी पेट चिरेर ठुलो आन्द्रालाई बाहिर निकालिई त्यसलाई खोलेर दिसा आउने ठाँउ बनाईएको समेत उहाँले बताउनु भयो । तर यो दिर्घकालिन समाधान नभएकोले बच्चालाई बिशेषज्ञ भएको ठाँउमै पुर्याउनु पर्ने हुन्छ डाक्टर ढुंगानाले भन्नुभयो हामीले त सुरुमै बच्चलाई बिशेषज्ञकहाँ लैजान भनेका थियौँ तर आफन्तले नमानेपछि बच्चाको ज्यान जोगाउन अप्रेशन गनुपरेको हो । यहाँ गरेको अप्रेसन बच्चा बाँच्नका लागी र जटिलखालको अप्रेशनका तयारी तथा बाहिर लैजान सयम दिएको निर्देशक ढुंगानाले बताउनु भयो । अबको केहि दिनमै बच्चाको जटिल खालको अप्रेसन गर्नुपर्ने समेत उहाँको भनाई छ । अहिले बच्चाले आमाको दुध खाईरहेको र दिसा पनि गरिरहेको छ डाक्टर ढुंगानाले भन्नुभयो बच्चाको स्वास्थ्य अवस्था समेत सामान्य छ । 


यस्तो खालको सामान्य सल्यक्रिया गर्नपनि ३०/४० हजार भन्दा बढी खर्च लाग्ने समेत डाक्टर ढुंगानाको भनाई छ । तर बयालपाटा अस्पतालमा सबै सेवा निशुल्क भएकाले बच्चाको सबै उपचार निशुल्क भएको छ । छिटफुट मात्रमा यस्ताखालका समस्या आउने गरेका अस्पतालले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ