उमा केसी/ जेठ १६, रोल्पा । चाडपर्व तथा नाचगानको वेला बजाइने मादल लोप हुन लागेको बेला रोल्पा इरिवाङका बादी समुदाय भने मादलको संरक्षणमा जुटेका छन् ।

परम्परागत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उमा केसी/ जेठ १६, रोल्पा । चाडपर्व तथा नाचगानको वेला बजाइने मादल लोप हुन लागेको बेला रोल्पा इरिवाङका बादी समुदाय भने मादलको संरक्षणमा जुटेका छन् ।

परम्परागत "/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका बादी समुदाय मादल बचाउन यसरि जागे

१६ जेष्ठ २०७४, मंगलवार ११:१६


उमा केसी/ जेठ १६, रोल्पा । चाडपर्व तथा नाचगानको वेला बजाइने मादल लोप हुन लागेको बेला रोल्पा इरिवाङका बादी समुदाय भने मादलको संरक्षणमा जुटेका छन् ।

परम्परागत पेसाका रुपमा मादल बनाएर जीविकोपार्जन गरिरहेका उनीहरु पेसा सङ्कट पर्न थालेपछि अन्य पेसा अँगाल्न बाध्य भएका थिए । पुर्खाले गर्दै आएको पेसा भएपनि जमानाअनुसार मादलको विकल्पमा अन्य वाद्य सामग्री भित्रिएपछि उनीहरुको पेसा सङ्कटमा पर्दै आएको हो ।

मादल बनाउने परम्परागत पेसा लोप हुन लागेको तथा प्रविधि पनि हस्तान्तरण गर्ने भन्दै घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा पेसा प्रवद्र्धन तालिम मागेअनुसार जिल्लाका बादी समुदायका १२ जनाका लागी ४५ दिने मादल बनाउने तालिम सम्पन्न गरिएको छ ।

लोप हुन लागेको पेसालाई संरक्षण गर्दै आधुनिकीकरण गरी आयआर्जनमा समेत सहयोग पु¥याउने उद्देश्यका साथ सो तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका कार्यालय प्रमुख बालकृष्ण आचार्यले बताए। 

दुईखोली गाउँपालिकाको इरिवाङमा रहेका १८ घरधुरी बादी समुदायका लागि सरकारले केही वर्ष पहिले घर बनाइदिएको थियो । सरकारले बनाइदिएको घरबाहेक अन्य जग्गा नभएको रामचन्द्र बादीले बताए। 

पेट पाल्नका लागि मादल बनाउने पेसा छाडेर अन्य पेसा अँगाल्न थालेको बेला मादल बनाउने तालिमले आफ्नै पेसातर्फ फर्केर परम्परा बचाइ राख्न मद्दत गरेको तालिमका सहभागी रामचन्द्र बादीले बताए।

आफूहरुको आर्थिक अवस्था कमजोर रहेका कारण पेसा प्रवद्र्धनका लागि सरोकारवालाबाट सहयोगको अपेक्षा गरेको तालिममा सहभागी निर्मला बादीले जानकारी दिइन्।

आठ महिलासहित १२ जनालाई सो तालिम दिइएको घरेलु तथा साना उद्योग विकास समिति रोल्पाले बताएको छ । तालिममा उत्साहका साथ सहभागिता जनाएका कारण पेसाप्रति इमान्दारिताका साथ लाग्नेमा आफू आशावादी भएको कार्यालय प्रमुख आचार्यले बताए ।

पेसा सजिलो, आयआर्जन हुने र स्थानीयस्तरमै कच्चा पदार्थसमेत उपलब्ध हुने भएका कारण निरन्तरता पाउनेमा आफू आशावादी रहेको आचार्यले बताए।

उनीहरुले उद्यम दर्ता गरी उद्यम थप विकास गर्न चाहेमा उद्यम विकास कोषमार्फत महिला उद्यमीका लागि बिनाधितो ऋण उपलब्ध गराउन सकिने आचार्यले बताए। तालिमपश्चात् उनीहरुलाई तालिममा प्रयोग भएका मेसिन औजार पनि उनीहरुलाई नै हस्तान्तरण गरिएको छ ।

परम्परागत पेसा छोड्दै ज्याला–मजदुरी तथा माछा मार्ने काममा लाग्न थालेका उनीहरुको परम्परागत पेसालाई निरन्तरता दिने सोचका साथ सो तालिम सञ्चालन गरिएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता