४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

झर्नाखोला नियन्त्रण योजना अलपत्र

२२ बैशाख २०७३, बुधबार १०:२५

बैशाख २२ , कञ्चनपुर । कञ्चनपुरको झर्नाखोला नियन्त्रण योजना अलपत्र परेको छ । दुई बर्ष अघि महाकाली सिँचाई व्यवस्थापन डिभिजनले बनाएको झर्नाखोला नियन्त्रण योजना अहिले आएर अलपत्र परेको हो ।

महाकाली सिँचाईका तत्कालिन डिभिजन प्रमुख रोशन कुमार प्रधानका पालामा बनेको बृहद योजना हाल गुम भएको छ । उक्त योजना गुम हुँदा फेरी पनि जिल्लाको दक्षिणी क्षेत्रका दुई नगरपालिकाका खेतीयोग्य भूमी पुनः बालुवामा परिणत हुने खतरा छ ।

आठ वर्ष देखि लगातार रुपमा झर्नाखोलामा आईरहेको बाढिका कारण उब्जाउ भूमि कटानी ,पटानी भईरहेको छ । तत्तकालिन डिभिजन प्रमुख प्रधानले स्थानियहरुको माग अनुसार नहरको संरक्षणका साथै किसानहरुको उब्जाउभूमी बचाउ गर्ने उदेश्य अनुरुप झर्नाखोलामा एक बक्स कल्र्भटका साथै झर्नाखोला कम्पाउन्ड क्षेत्र संरक्षणका लागि सात करोडको आयोजना अघि सारेका थिए । सोही समयमा सरकारी तहबाट बजेट नदिदा उक्त योजना कामगजमै सिमित थियो ।

महाकाली सिँचाई व्यवस्थापन डिभिजन नाम संशोधित (महाकाली पथरैया मोहना सिँचाई व्यवस्थापन डिभिजन) ले हालै बेलौरी–बेल्डाँडी क्षेत्रमा १८ करोड लागतमा काम शुरु गरेको छ । डिभिजनले आईडब्लू आरएम्पी कार्यक्रम मार्फत उक्त क्षेत्रको नहर प्रणाली सुधारका लागि कार्यक्रम संचालन गरेपनि झर्नाखोलाको विषयमा भने, केही काम हुन लागेको छैन् ।

तर उक्त कार्यक्रम शुरु गरेपनि यस अघि बनेका योजना कोल्याप्स हुनु दुखत विषय हो । बनेका योजना यसरी कोल्याप्स हुनाले नागरिकहरु अझै चिन्तत बनेका छन् । झर्नाखोला संरक्षण योजना निर्माण हुँदा उक्त क्षेत्रका स्थानियहरु हर्षित भएपनि हाल आएर योजना नै गुम हुनु कर्मचारीतन्त्रको कमजोरी भएको ठहर छ । झर्नाखोला पीडितहरुले विगतमा बनेको योजना अनुरुसार खोला नियन्त्रण हुनुपर्नेमा जोड दिएका छन् ।

झर्नाखोला पीडित दिनेश ठकुराठीले सिँचाईका कर्मचारीहरुले झर्नाखोला नियन्त्रणका लागि बनेको योजना रोशन प्रधानले सरुवा हुँदा फाईलै लगेर गएकाले खोला नियन्त्रणमा समस्या भएको रहस्य खुलेको बताएका छन् । उहाँले भन्नुभयो–‘अधुरा टर्सरी बनाउन फिल्डमा पुगेका महाकाली सिँचाईका कर्मचारीहरुलाई मैले झर्नाखोला नियन्त्रण, सिमसार व्यवस्थापनका लागि डे«न्च खन्ने कहिले देखि हो भनि सोध्दा, उनीहरुले झर्नाखोलाको योजना प्रधानले लगेको बताए ।’ खोला नियन्त्रण र सिमसार व्यवस्थापन भई खेतीपाती गर्ने आसमा बसेका हामी स्थानियहरुलाई कर्मचारीहरुले गुम्राहमा पारेको पीडित ठकुराठीको गुनासो छ ।

कर्मचारीहरुका कारण आज हजारौँ किसानहरु मारमा परेको उनको भनाई छ । बर्षदिन नबित्दै कार्यालय प्रमुखहरु फेरिएकाले यस्ता विकास निर्माणमा समेत समस्या देखिएका छन् । कर्मचारी स्रोतका अनुसार हरेक योजनामा प्रमुख र केही कर्मचारीहरुलाई कमिसन आउँछ, तर उक्त योजनामा कमिसन खाने बाटो नदेखेपछी नत बजेट ल्याए, नत आईडब्लूआरएपी कार्यक्रम अन्र्तरगत उक्त योजना पास गराए ।

झर्नाखोलाका कारण बेलौरी–बेल्डाँडी नगरपालिकाको उचो जमिन कटानी र तल्लो जमिन सिमसारका साथै पटानी भई खेतीयोग्य भूमि बालुवामा परिणत भएको छ । यसरी सरकारी पक्षबाट चरम लार्पबाहिका कारण आज एक किसानको पेट भोको रह्यो, भोली समाज हुँदै कातान्तरमा राष्ट्रभरी भोकमरी यस्तै कारण बाट हुने छ । सिँचाईका कारण आज दक्षिणी क्षेत्रको हजारौँ विगाह उब्जाउ जमिन बाँझो छ । जसका कारण स्थानिय नागरिकहरुलाई समस्या हुनुका साथै अर्थतन्त्रमा समेत यसले नकारात्मक असर पु¥याएको छ ।

महाकाली पथरैया मोहना सिँचाई व्यवस्थापन डिभिजनका प्रमुख अजय अधिकारीले तत्तकालिन समयमा झर्नाखोला नियन्त्रणका लागि बनेको योजनामा विश्व बैकले बजेट नदिदा खोला नियन्त्रण योजना अलपत्र परेको बताउनुभयो । ‘खोला नियन्त्रणको योजना र विश्व बैकले दिने अनुदान सिमा नपुगेको हो ।’, उनले भने, त्यसैले झर्नाखोला नियन्त्रणका लागि बनेको योजना सफल हुन सकेन् ’ झर्नाखोलाको बक्स कल्र्भड बनाईने प्रमुख अधिकारीले बताउनुभयो । डे«न्च व्यवस्थापनका लागि केन्द्र देखि अध्ययन टोली आउने बताउदै, उक्त टोलीको अध्ययन पश्चात डे«न्च समेत खनिने प्रमुख अधिकारीले बताउनुभयो । उहाँले चार ब्लकमा नहर प्रणाली सुधारका लागि काम संचालन भईरहेको समेत बताउनुभयो । सिँचाईको ६२ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिन भित्रका नहर प्रणालीहरु सुधार गरिने छन् ।

अधुरा टर्सरी निर्माण, लाईनिङ्ग, कम्पाउन्ड क्षेत्र बचाउ, आउटलेट लगायतका कार्यहरु गरिने सिँचाईले जनाएको छ । स्थानियहरुले गाँउका आएको बजेट गुणस्तररिय रुपमा सदुपयोग गर्न अनुरोध गरेका छन् । विगतमा नहर, टर्सरी निर्माणमा अनियमिता भएका कारण सबै क्षेत्रमा सिँचाई नपुगेको भन्दै स्थानियहरुले जनताको काममा अनियमिता गरे अख्तियार धाउने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की