७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

वाणगंगामा बस र ट्रक ठोक्किदा एकको मृत्यु, १५ जना घाइते

६ असार २०७४, मंगलवार ०७:५७


दिपक अनुरागी/ असार ६, कपिलवस्तु । सोमबार राती कपिलवस्तुको वाणगंगा नगरपालिका ८ चप्परगाउँमा बस र ट्रक ठोक्किएका छन् । 

दुर्घटनामा बस चालकको घटनास्थल मै मृत्यु भएको छ । अरु  १५ जना यात्रु घाईते भएका छन् । मृत्यु हुनेमा बाँके पटनापुर २ का २६ बर्षिय धनबहादुर पाण्डे रहनुभएको छ ।

घाइतेहरुको बुटवलमा उपचार भैरहेको इलाका प्रहरी कार्यलय पिपराले जनाएको छ । घाईते सबैका अवस्था सामान्य रहेको इन्पेक्टर राजु कार्कीले जानकारी दिनुभयो । 

काठमाडौबाट नेपालगन्ज तर्फ हिडेको ना ५ ख ७४९० नम्बरको मेट्रो डिलक्स र पश्चिमबाट पुर्व तिर गइरहेको लु १ ख ७६६९ नम्बर को माल बाहक ट्रक आइतबार राती ठोक्किएका हुन् । तीव्र गतिमा रहेका दुवै गाडी कसको कारणले ठोक्किएका हुन् भन्ने बारे अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ । 

अर्घाखाचीमा चुनावी अभियानको जीप पल्टियो

यता अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आइतबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । लु १ ज १९५८ नम्बरको जिप दुर्घटना हुँदा २५ वर्षीय अर्जुन घिमिरेको मृत्यु भएको हो । घाइते ९ जनाको मिसन अस्पताल तानसेन पाल्पामा उपचार भैरहेको बताइएको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिनुभयो । 

जिप असार १४ गते हुने स्थानीय तहको चुनावका लागि नेपाली कांग्रेसको प्रचारमा हिडेको थियो । पाणिनी वडा नम्बर ४ बाट वडा नम्बर ५ मैदान तर्फ जांदै गर्दा सडकबाट करिब २० मिटर तल खसी दुर्घटना भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या