2026-08-31 08:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरि देखियो स्क्रब टाइफस, चारजनामा सङ्क्रमण


असार ६, चितवन । चितवनमा २०७४ सालको सुरुआतसँगै चारजनामा स्क्रब टाइफस रोग फेला परेको छ । 

गएको पुसदेखि नियन्त्रणमा आएको स्क्रब टाइफस रोग यो वर्षको सुरुआती दुई महिनाको अन्तरालमा चारजनामा रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित हुनेमा चारैजना महिला छन् । तीनजना चितवनका र एकजना नवलपरासीका बिरामी हुन् । 

चितवनमा वैशाख २५ र २९ तथा जेठ महिनाको १ र १२ गते टाइफस रोग लागेको बिरामी फेला परेको हो । असारको प्रतिवेदन भने आइसकेको छैन । चारैजना बिरामी चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भेटिएका हुन् । 

चितवनमा गएको वर्षदेखि स्क्रब टाइफस रोग देखिएको थियो । गएको वर्ष वैशाखदेखि पुस महिनासम्म यहाँ कुल ५३३ जनामा टाइफस रोग देखिएकामा पाँचजनाको मृत्यु भएको थियो । 

अघिल्लो वर्ष देशभरि ४७ जिल्लामा देखिएको यो रोगबाट सङ्क्रमित कुल ८३० जना बिरामीमध्ये १४ जनाको मृत्यु भएको इपिडिमियोलोडी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले जानकारी दिनुभयो । 

अब पुनः चितवनमा रोग देखिन थालेकाले देशभर ७५ वटै जिल्लामा परिपत्र गरेर आवश्यक तयारीका साथ रहन निर्देशन दिइएको लामिछानेले जानकारी दिनुभयो । देशका अन्य क्षेत्रबाट प्रतिवेदन आउन बाँकी छ । 

नेपालमा २०७२ सालमा पहिलो पटक पूर्वी नेपालमा यो रोग देखिएको थियो । त्यो बेला १०१ जनामा सङ्क्रमण हुँदा आठजनाको मृत्यु भएको थियो । 

माइट नामको मुसाको कानमा बस्ने एक प्रकारको सङ्क्रमित किराले टोकेमा यो रोग सर्छ । यो ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । 

मुसाबाट झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ । यो रोग लागेमा १०४ डिग्री जति ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीरका विभिन्न अङ्ग दुख्ने हुन्छ । मुख्यगरी मुसाको नियन्त्रण गर्ने, झारका काम गर्दा सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । 

चितवनमा गएको वर्ष गरिएको अनुसन्धानमा मुसा र माइटमा समेत टाइफस रोगको सङ्क्रमण पुष्टि भएको थियो । रोग पत्ता लागेमा उपचार सहज हुने जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका निमित्त प्रमुख नरहरि शर्माले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने