७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोले प्रहरीको भ्यान पुरियो, दुईको मृत्यु, दुई जना बेपत्ता

९ असार २०७४, शुक्रबार ०२:०५


असार ९, काठमाडौँ । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् ।

सोही स्थानमा ना ५ ख ७८२७ नम्बरको ट्रकलाई पनि पहिरोले पुरेको छ ।  ट्रकका सहयोगी चालकलाई भने उद्धार गरिएको छ । चालक सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार राति १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको ना१झ ९३ नंको भ्यान र ना५ख ७८२७ नंको ट्रकलाई पुरेको थियो । भ्यान पुरिएकै अवस्थामा र ट्रक नदीमा खसेको थापाले बताए  । 

भ्यानमा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङ सवार थिए । त्रिशूली नदीमा ट्रकको केही भाग देखिएको छ ।  

रातिदेखि नै पहिरो पन्छाउने क्रम जारी रहेको छ ।

सो सडकखण्डको कालीखोलाको मुखमा राति ९: ४० बजे पहिरो खसेपछि प्रहरी पहिरो पन्छाउन पुगेका थिए । सो ठाउँको पहिरो पन्छाउन नपाउँदै चारकिलोमा पहिरो खसेको थियो । 

सो पहिरो पन्छाउन कठिन भएपछि फर्कने क्रममा मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोला नपुग्दै एकाएक पहिरो खसेर गाडी पुरिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । सो ठाउँमा पहिलो पटक पहिरो खसेको हो । 

सो ठाउँ र चारकिलोमा ठूला पहिरा खसेका छन् । घटनास्थलमा राति नै प्रजिअ नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापासहित सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरु पुगेका छन् । पहिरोका कारण दुवैतर्फ सवारीको लाम लागेको छ । पहिरोको बीचमा पनि गाडी रहेकाले यात्रु भयभित भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या