पढ्न करिब 2 मिनेट लाग्छ

असार ९, काठमाडौँ । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् ।

सोही स्थानमा ना ५ ख ७८२७ नम्बरको ट्रकलाई पनि पहिरोले पुरेको छ । ट्रकका सहयोगी चालकलाई भने उद्धार गरिएको छ । चालक सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार राति १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको ना१झ ९३ नंको भ्यान र ना५ख ७८२७ नंको ट्रकलाई पुरेको थियो । भ्यान पुरिएकै अवस्थामा र ट्रक नदीमा खसेको थापाले बताए ।

भ्यानमा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङ सवार थिए । त्रिशूली नदीमा ट्रकको केही भाग देखिएको छ ।

रातिदेखि नै पहिरो पन्छाउने क्रम जारी रहेको छ ।

सो सडकखण्डको कालीखोलाको मुखमा राति ९: ४० बजे पहिरो खसेपछि प्रहरी पहिरो पन्छाउन पुगेका थिए । सो ठाउँको पहिरो पन्छाउन नपाउँदै चारकिलोमा पहिरो खसेको थियो ।

सो पहिरो पन्छाउन कठिन भएपछि फर्कने क्रममा मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोला नपुग्दै एकाएक पहिरो खसेर गाडी पुरिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । सो ठाउँमा पहिलो पटक पहिरो खसेको हो ।

सो ठाउँ र चारकिलोमा ठूला पहिरा खसेका छन् । घटनास्थलमा राति नै प्रजिअ नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापासहित सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरु पुगेका छन् । पहिरोका कारण दुवैतर्फ सवारीको लाम लागेको छ । पहिरोको बीचमा पनि गाडी रहेकाले यात्रु भयभित भएका छन् ।