२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पनिकाको लापर्बाहीले विद्यार्थीको भविष्य अन्यौल

२०७४, ९ असार शुक्रबार ०६:४४

असार ९, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयको लापर्बाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्यौल बनेको छ । 

कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजामा विषय परिवर्तन भएर नतिजा आएपछि कार्यालयमा सच्याउन आवेदन दिनेको भीड लागेको छ । 

भक्तपुरको कमलविनायकस्थित मनकामना इङ्लिस सेकेन्डरी स्कुलका विद्यार्थीले आफूले नपढेको र परीक्षा नदिएको विषयको नतिजा आएपछि उनीहरुको भविष्य अन्यौल बनेको हो । 

यस विद्यालयबाट एसईई परीक्षा दिएका सि नं ०२८४५६४ त् का सन्देश साङमी, सि.नं–०२८४५६५ ग् का सृष्टि शाक्य र सि.नं– ०२८४५६६ ख् का सीतारा तजलेको यस्तो नतिजा आएको विद्यालयका प्रिन्सिपल श्रीराम आचार्यले बताउनुभयोे । 

परीक्षा दिएको भन्दा फरक विषयको नतिजा आएपछि आफूले रोजेको कलेजमा छात्रवृत्तिमा विज्ञान विषय लिएर डाक्टर पढ्ने सपना चकनाचुर भएको विद्यार्थीसाङमीले बताउनुभयो । 

आर्थिक अवस्था कमजोर भएका साङामीको परिवार एसईईको नतिजा आएपछि निकै चिन्तामा परेको छ । उहाँ भन्नुहुन्छ–“घरमा सबै चिन्तामा छन्, सधँै कक्षामा प्रथम हँुदै आएकाले एसईईमा नतिजा पनि राम्रो आउँछ, डाक्टर बन्नुपर्छ भन्ने परिवारेको चाहना थियो, मेरो सपना र परिवारको खुसी खोसियो ।” 

कक्षामा सधैँ प्रथम हुने साङामीलाई छात्रवृत्ति दिन्छु भन्ने कलेजले समेत अहिले त विज्ञान विषयमा भर्ना नै लिन नमानेपछि उनकोे भविष्य अन्यौल बनेको विद्यालयका प्रिन्सिपल श्रीराम आचार्यले बताउनुभयो । 

त्यस्तै कक्षामा सधैँ दोस्रो हुने भक्तपुर भोलाछेकी सृष्टिको परिवार एसईईको नतिजा अपेक्षाकृत नभएपछि राम्रोसँग निदाउन समेत सकेका छैनन् । सृष्टिले ऐच्छिक गणितमा दिएको परीक्षाको नतिजा अर्थशास्त्रमा आएको र अन्य विषयमा समेत ‘ए’ प्लस आउने अपेक्षा गरिएकोमा ‘डि’ आएपछि सिङ्गो परिवार तनावमा रहेको उहाँले बताउनुभयो । 

‘‘छोरीले आवेशमा आएर गलत निर्णय गर्ली भन्ने डरले परिवार राम्रोसँग निदाउन समेत नसकेको बताउँदै उहाँले विज्ञान विषय लिएर इन्जिनियर बन्ने चाहना पूरा नहुने भएपछि उच्च शिक्षा अध्ययनमासमेत अन्यौल भएको छ ’’ भन्नुभयो । 

ऐच्छिक गणितमा परीक्षा दिएपनि ऐच्छिक अर्थशास्त्रको नतिजा आएपछि विज्ञान विषय पढ्ने चाहना अपूरो बनेको बताउँदै भक्तपुर कमलविनायककी सीताराले ‘ए’ प्लस आउँछ भनेको अन्य विषयमा समेत ‘सि’ प्लस आएपछि थप तनाव भएको बताउनुभयो । 

सबैमा ‘ए’ प्लस आए पनि अङ्ग्रेजीमा ‘डि’ प्लस नतिजा आएपछि चिन्तामा परेकी टिना मानन्धरले कार्यालयमा गएर पुर्नयोगका लागि आवेदन दिएकी छिन् । यता मध्यपुरथिमि गठ्ठाघरमा रहेको भक्तपुर इङ्लिस स्कुलबाट एसईई परीक्षा दिएका ५१ जना विद्यार्थीको विज्ञान विषयको प्रयोगात्मक विषयको नम्बर घटाएर नतिजा सार्वजनिक गर्दा जिपिए नै घटेपछि पनिकाप्रति विद्यार्थीले आक्रोसित बनेका छन् । 

विद्यालयले जिल्ला शिक्षा कार्यालयमार्फत सबै विद्यार्थीको विज्ञान विषयको प्रयोगात्मक परीक्षाको २५ नम्बर पठाए पनि नतिजा आउँदा भने २२ मात्रै कायम गरिएको छ । पाएको नम्बर पनि घटेर आउँदा ‘ए’ प्लस आउँने विद्यार्थीको नतिजा ‘ए’ मात्रै आएको भन्दै विद्यार्थी आक्रोसित बनेको विद्यालयका प्रिन्सिपल श्रीनारायण यादवले बताउनुभयो । 

विद्यार्थीले चाहेको विषय पढ्न नपाउने भएकाले कार्यालयको लापर्बाहीले विद्यार्थीको भविष्य नै अन्यौल बनेको उहाँको भनाइ थियो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भन्नुभयो । “परीक्षा प्रकाशितका क्रममा कतिपय विद्यार्थी र कतिपय सिस्टमका कारण त्रुटि आउने जिकिर गर्दै कार्यालयले यसलाई सच्याउने बताउनुभयो ।” 

एउटा विषयमा परीक्षा दिएर अर्को विषयमा नतिजा आएको हकमा विद्यार्थीले कार्यालयमा सम्पर्क गरेर जानकारी गराए केही दिनभित्रै सच्याएर पठाउने र नम्बर नपुगेको हकमा भने रु ५०० बुझाएर पुर्नयोगमा निवेदन दिनुपर्ने उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह