२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस वर्ष ३० प्रतिशतले बढ्यो भाइमसलाको मूल्य!

२०८१, १६ कार्तिक शुक्रबार १४:००

काठमाडौं । यस वर्ष तिहारमा भाई मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ। काठमाडौंको असनमा वर्षौंदेखि भाईमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष भन्दा यस वर्ष भाई मसलाको मूल्य बढेको बताएका हुन्।

भाइ मसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाईमसलाको मूल्य करिब ३० प्रतिशतले बढ्न गएको बताए। उनले पाकिस्तान, भारतमा पनि बाढीको प्रभाव पर्न गएकाले पनि यस पालीको तिहारमा भाईमसलाको भाउ निकै बढेको आफूलाई लागेको बताए। मूल्य बढेकाले यसपटक भाईमसला किन्नेहरुले पनि थोरै सामानहरु खरिद गर्ने गरेको पाइएको छ।

व्यापारी बज्राचार्यले भने, ‘अब भाउको हिसाव गरौँ भने पोहोर सालभन्दा यसपाली यो ड्राईफुड मसला करिव ३० पर्सेन्टले महंगीएको छ। कारण के होला? मेरो विचारमा अस्ती असोज महिनामा आएको बाढीले गर्दाखेरी यहाँ मात्रै होइन, पाकिस्तानमा पनि आयो, भारतमा आयो। त्यसले गर्दा पसल बिग्रिएको हुनाले, पसल कम भएको हुनाले म भाउ महँगिएको मैले महशुस गरेको छु।’

यता, ग्राहकहरुले पनि यस वर्ष भाईमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन्। उनीहरुले भाईमसलाको मूल्य अलि कम गरिदिन पनि व्यापारीहरुलाई आग्रह गरेका छन्।

ग्राहकहरुको भनाइ छ, ‘पोहोरको तुलनामा यस पटक हरेक समानको भाउ बढेको छ। व्यापारीहरुले मिलाएर दिनुभए ग्राहकहरुलाई सजिलो हुने थियो।’

बजारमा यस वर्ष प्रतिकेजी काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख १ हजार, ओखर ५५० खरिद मूल्य राखिएको छ। त्यसैगरी, प्रतिकेजी ओखरगुदी १ हजार ५००, अनजिर २ हजार, २००, खुरपानी १०००, नरिवल ५५०, दाना मिश्री १८०, धागो मिश्री २००, मखना २ हजार दालचिनी ८०० मूल्य राखिएको छ। तर सबै सामग्रीमा करिव २५÷३० प्रतिशत मूल्य गत वर्षभन्दा बढेको स्थाानीय व्यापारी बज्राचार्यको अनुभव छ। मूल्य बढेकाले व्यापार घटेको व्यापारी बताउँछन्।

बज्राचार्यले भने, ‘२५/३० पर्सेन्ट सबै वस्तुको भाउ बढेको छ। काजुमा पनि बढेको छ। किसमिस, बदाम, छोकडा, नरिवल, ओखर सबैमा भाउ एकदम बढेको छ। त्यही भएर व्यापार विगतमा भन्दा यस वर्ष निकै घटेको छ।’

भाइ मसलाको मूल्य बढेकाले यस वर्ष ग्राहकहरुको चहलपहल पनि कम भएको स्थानीय व्यापारीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी