२५ कार्तिक २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस वर्ष ३० प्रतिशतले बढ्यो भाइमसलाको मूल्य!

१६ कार्तिक २०८१, शुक्रबार १४:००

काठमाडौं । यस वर्ष तिहारमा भाई मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ। काठमाडौंको असनमा वर्षौंदेखि भाईमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष भन्दा यस वर्ष भाई मसलाको मूल्य बढेको बताएका हुन्।

भाइ मसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाईमसलाको मूल्य करिब ३० प्रतिशतले बढ्न गएको बताए। उनले पाकिस्तान, भारतमा पनि बाढीको प्रभाव पर्न गएकाले पनि यस पालीको तिहारमा भाईमसलाको भाउ निकै बढेको आफूलाई लागेको बताए। मूल्य बढेकाले यसपटक भाईमसला किन्नेहरुले पनि थोरै सामानहरु खरिद गर्ने गरेको पाइएको छ।

व्यापारी बज्राचार्यले भने, ‘अब भाउको हिसाव गरौँ भने पोहोर सालभन्दा यसपाली यो ड्राईफुड मसला करिव ३० पर्सेन्टले महंगीएको छ। कारण के होला? मेरो विचारमा अस्ती असोज महिनामा आएको बाढीले गर्दाखेरी यहाँ मात्रै होइन, पाकिस्तानमा पनि आयो, भारतमा आयो। त्यसले गर्दा पसल बिग्रिएको हुनाले, पसल कम भएको हुनाले म भाउ महँगिएको मैले महशुस गरेको छु।’

यता, ग्राहकहरुले पनि यस वर्ष भाईमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन्। उनीहरुले भाईमसलाको मूल्य अलि कम गरिदिन पनि व्यापारीहरुलाई आग्रह गरेका छन्।

ग्राहकहरुको भनाइ छ, ‘पोहोरको तुलनामा यस पटक हरेक समानको भाउ बढेको छ। व्यापारीहरुले मिलाएर दिनुभए ग्राहकहरुलाई सजिलो हुने थियो।’

बजारमा यस वर्ष प्रतिकेजी काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख १ हजार, ओखर ५५० खरिद मूल्य राखिएको छ। त्यसैगरी, प्रतिकेजी ओखरगुदी १ हजार ५००, अनजिर २ हजार, २००, खुरपानी १०००, नरिवल ५५०, दाना मिश्री १८०, धागो मिश्री २००, मखना २ हजार दालचिनी ८०० मूल्य राखिएको छ। तर सबै सामग्रीमा करिव २५÷३० प्रतिशत मूल्य गत वर्षभन्दा बढेको स्थाानीय व्यापारी बज्राचार्यको अनुभव छ। मूल्य बढेकाले व्यापार घटेको व्यापारी बताउँछन्।

बज्राचार्यले भने, ‘२५/३० पर्सेन्ट सबै वस्तुको भाउ बढेको छ। काजुमा पनि बढेको छ। किसमिस, बदाम, छोकडा, नरिवल, ओखर सबैमा भाउ एकदम बढेको छ। त्यही भएर व्यापार विगतमा भन्दा यस वर्ष निकै घटेको छ।’

भाइ मसलाको मूल्य बढेकाले यस वर्ष ग्राहकहरुको चहलपहल पनि कम भएको स्थानीय व्यापारीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’