२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा निकट विद्यार्थीद्वारा उपत्यकाका निजी विद्यालय बन्द

२०७४, १३ असार मंगलवार ०३:५१

असार १३, काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दै आज काठमाडौँ उपत्यकाका निजी (संस्थागत) विद्यालयमा हड्ताल गरेको छ । 

हडतालका कारण ती विद्यालयमा पठनपाठन प्रभावित भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का महासचिव राजेन्द्र बानियाँले वार्ता र संवाद नगरी जानकारीबिना विद्यालय बन्द गराएकोमा चिन्ता प्रकट गर्दै यस्ता व्यवहारबाट समस्या समाधानमा सहयोग नपुग्ने बताउनुभयो । 

अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य जिपी चौलागाईंले शुल्क निर्धारण मापदण्डको उल्लङ्घन गरी शुल्क लिइएकोमा आन्दोलन गरिएको बताउनुभयो । सो सङ्गठनले गत सातादेखि उपत्यकाका ३३ विद्यालयका लेखा शाखामा तालाबन्दी जारी राखेको छ । 

शिक्षा मन्त्रालय र विभिन्न विद्यार्थी सङ्गठनबीच गत जेठ १५ मा भएको सहमतिअनुसार १५ दिनभित्र तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट अभिभावकलाई त्यस्तो शुल्क फिर्ता गराउने सहमति भएको थियो । निजी विद्यालय सञ्चालकले भने उक्त सहमति एकतर्फी भएको जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह