Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली बजारमा सुनको मूल्य दुई हजार चार सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ६५ हजार रुपियाँमा कारोबार भएको छापावाला सुन मङ्गलबार एक लाख ६२ हजार ६ सय रुपियाँमा किनबेच भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला ३० ले घटेको छ । सोमबार प्रतितोला एक हजार ९५५ मा कारोबार भएको चाँदी आज एक हजार ९२५ मा खरिदबिक्री भइरहेको छ ।