2026-10-23 12:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेडिसिटी अस्पतालमा बिरामीको मिर्गौला गायब बनाएको भन्दै चर्को आन्दोलन, के भन्छ अस्पताल?

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालमा मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफन्त आन्दोलनमा उत्रिएका छन्। अस्पतालले उपचाररत बिरामीको प्रत्यारोपण गरेको मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफ्न्त चार दिनदेखि आन्दोलनमा छन्।

मृतकका आफ्न्त कुमार राईका अनुसार इलामका ३८ वर्षका सरोज सुब्बाको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा असोज ६ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रत्यारोपण गरेको केही दिनमा नै अस्पतालले बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरेको थियो। केही समयपछि प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आई बिरामी अस्पतालमा भर्ना भएका थिए।

‘सुब्बाको मिर्गौला बिग्रिएर असोज ६ गते अस्पतालमा प्रत्यारोपण गरिएको थियो। केही दिनपछि अस्पतालले निको भएको भन्दै डिस्चार्ज गरिदिएको थियो,’ राईले भने, ‘घर गएको केही समयपछि प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आएर उहाँ पुनः अस्पतालमा भर्ना हुनुभयो। कार्तिक २१ गते अस्पतालले इन्सफेक्सन भएको भन्दै मिर्गौला निकालिदिएको थियो। मिर्गौला निकालेको भोलिपल्ट नै उहाँको मृत्यु भयो।’

राईले किरिया खर्च पाँच लाख उपलब्ध र दुईवटामध्ये एकजना छोरो पढाइदिने सहमत नभई शव नबुझ्ने अडान लिएका छन्। ‘मृतकको उपचार गर्दा गर्दै उहाँको परिवार आर्थिकरूपमा निकै कमजोर भइसकेको छ। अब अस्पतालले किरिया खर्च पाँच लाख र उहाँका दुईवटा छोरामध्ये एक जनालाई पढाउने सहमत गर्ने हो भने हामी शव बुझ्न तयार छौँ,’ उनले भने।

के भन्छ मेडिसिटी?

अस्पतालका सूचना अधिकृत डा राजु रानाले सबै प्रक्रिया अनुसार नै सुब्बाको उपचार गराएको र पूर्ण निको भएपछि मात्र अस्पतालले डिस्चार्ज गरेर घर पठाएको दाबी गरे।

‘अस्पतालमा इन्सफेक्सन भएको होइन। उहाँको प्रत्यारोपण भइसकेपछि मिर्गौलाले शरीरमा राम्रोसँग काम गर्न सुरु गरेको थियो। स्वस्थ भइसकेपछि हामीहरूले अस्पतालबाट डिस्चार्ज गरेका थियौँ। मिर्गौला प्रत्यारोपणको करिब दुई महिनापछि इन्सफेक्सन भएर बिरामीको मृत्यु भएको हो,’ उनले भने।

डा रानाका अनुसार इन्सफेक्सन शरीरभर फैलिसकेपछि परिवारको सल्लाहमा नै मृतकको प्रत्यारोपण गरेको मिर्गौला झिकेर वायप्सीको लागि पठाइएको हो। इन्सफेक्सन शरीरभरि फैलिसकेकाले निमोनिया भएर सुब्बाको मृत्यु भएको दाबी उनले गरे।

यदि अस्पतालले उपचारमा कुनै गल्ती गरेको भएर मृतक पक्षले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था छ। कानुनी प्रक्रिया हुँदाहुँदै मृतकका आफ्न्त क्षतिपूर्तिको माग राख्दै आन्दोलनमा उत्रिएर बिरामी, एम्बुलेन्स आवतजावतमा समस्या निम्त्याएको डा. रानाको भनाइ छ।

‘बिरामीको मिर्गौला प्रत्यारोपण गरेको करिब २ महिनापछि इन्सफेक्सन भएको हो। मृतकका आफ्न्तले क्षतिपूर्ति माग गर्नु भएको छ। हामीले उहाँहरूलाई के आधारमा क्षतिपूर्ति दिने?,’ उनी भन्छन्, ‘कानूनी प्रक्रियामा जानुस् हामीले सहयोग गछौँ भन्दा पनि मान्नुहुँदैन।’

यो समाचार बुधबारको गोरखापत्र दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने