2026-09-08 10:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेडिसिटी अस्पतालमा बिरामीको मिर्गौला गायब बनाएको भन्दै चर्को आन्दोलन, के भन्छ अस्पताल?

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालमा मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफन्त आन्दोलनमा उत्रिएका छन्। अस्पतालले उपचाररत बिरामीको प्रत्यारोपण गरेको मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफ्न्त चार दिनदेखि आन्दोलनमा छन्।

मृतकका आफ्न्त कुमार राईका अनुसार इलामका ३८ वर्षका सरोज सुब्बाको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा असोज ६ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रत्यारोपण गरेको केही दिनमा नै अस्पतालले बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरेको थियो। केही समयपछि प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आई बिरामी अस्पतालमा भर्ना भएका थिए।

‘सुब्बाको मिर्गौला बिग्रिएर असोज ६ गते अस्पतालमा प्रत्यारोपण गरिएको थियो। केही दिनपछि अस्पतालले निको भएको भन्दै डिस्चार्ज गरिदिएको थियो,’ राईले भने, ‘घर गएको केही समयपछि प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आएर उहाँ पुनः अस्पतालमा भर्ना हुनुभयो। कार्तिक २१ गते अस्पतालले इन्सफेक्सन भएको भन्दै मिर्गौला निकालिदिएको थियो। मिर्गौला निकालेको भोलिपल्ट नै उहाँको मृत्यु भयो।’

राईले किरिया खर्च पाँच लाख उपलब्ध र दुईवटामध्ये एकजना छोरो पढाइदिने सहमत नभई शव नबुझ्ने अडान लिएका छन्। ‘मृतकको उपचार गर्दा गर्दै उहाँको परिवार आर्थिकरूपमा निकै कमजोर भइसकेको छ। अब अस्पतालले किरिया खर्च पाँच लाख र उहाँका दुईवटा छोरामध्ये एक जनालाई पढाउने सहमत गर्ने हो भने हामी शव बुझ्न तयार छौँ,’ उनले भने।

के भन्छ मेडिसिटी?

अस्पतालका सूचना अधिकृत डा राजु रानाले सबै प्रक्रिया अनुसार नै सुब्बाको उपचार गराएको र पूर्ण निको भएपछि मात्र अस्पतालले डिस्चार्ज गरेर घर पठाएको दाबी गरे।

‘अस्पतालमा इन्सफेक्सन भएको होइन। उहाँको प्रत्यारोपण भइसकेपछि मिर्गौलाले शरीरमा राम्रोसँग काम गर्न सुरु गरेको थियो। स्वस्थ भइसकेपछि हामीहरूले अस्पतालबाट डिस्चार्ज गरेका थियौँ। मिर्गौला प्रत्यारोपणको करिब दुई महिनापछि इन्सफेक्सन भएर बिरामीको मृत्यु भएको हो,’ उनले भने।

डा रानाका अनुसार इन्सफेक्सन शरीरभर फैलिसकेपछि परिवारको सल्लाहमा नै मृतकको प्रत्यारोपण गरेको मिर्गौला झिकेर वायप्सीको लागि पठाइएको हो। इन्सफेक्सन शरीरभरि फैलिसकेकाले निमोनिया भएर सुब्बाको मृत्यु भएको दाबी उनले गरे।

यदि अस्पतालले उपचारमा कुनै गल्ती गरेको भएर मृतक पक्षले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था छ। कानुनी प्रक्रिया हुँदाहुँदै मृतकका आफ्न्त क्षतिपूर्तिको माग राख्दै आन्दोलनमा उत्रिएर बिरामी, एम्बुलेन्स आवतजावतमा समस्या निम्त्याएको डा. रानाको भनाइ छ।

‘बिरामीको मिर्गौला प्रत्यारोपण गरेको करिब २ महिनापछि इन्सफेक्सन भएको हो। मृतकका आफ्न्तले क्षतिपूर्ति माग गर्नु भएको छ। हामीले उहाँहरूलाई के आधारमा क्षतिपूर्ति दिने?,’ उनी भन्छन्, ‘कानूनी प्रक्रियामा जानुस् हामीले सहयोग गछौँ भन्दा पनि मान्नुहुँदैन।’

यो समाचार बुधबारको गोरखापत्र दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित