असार १७, चितवन । पोखराबाट चितवनको माडीमा दिदी पु¥याउनका लागि ज्योति रानाभाट मुग्लिन आइपुग्दा शुक्रबार बिहान खसेको पहिरोले उहाँ त्यही रोकिनुभयो । 

सानी नानीसहित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १७, चितवन । पोखराबाट चितवनको माडीमा दिदी पु¥याउनका लागि ज्योति रानाभाट मुग्लिन आइपुग्दा शुक्रबार बिहान खसेको पहिरोले उहाँ त्यही रोकिनुभयो । 

सानी नानीसहित"/>

2026-08-31 08:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणगढ–मुग्लिन सडकको पहिरो, यात्रुको कन्तबिजोग

असार १७, चितवन । पोखराबाट चितवनको माडीमा दिदी पु¥याउनका लागि ज्योति रानाभाट मुग्लिन आइपुग्दा शुक्रबार बिहान खसेको पहिरोले उहाँ त्यही रोकिनुभयो । 

सानी नानीसहितको दिदी र उहाँ सडक अवरुद्ध भएपछि अलपत्र पर्नुभयो । घरी सिटमा त घरी सडकमा गरेर उहाँहरुले समय विताइरहनुभएको छ । बच्चाको पिडा उस्तै थियो, “निद्रा नै भएन, बिरामी परिएला जस्तो भो”–ज्योतिले भन्नुभयो, “न फर्कौँ, न जाँउँ भने भनेजस्तो भा’छ ।” अरु यात्रुको पनि हरिविजोग भएको उहाँको भनाइ छ । 

पैसाले धान्न नसक्ने अवस्था भएको छ । अझ दुई, तीन घण्टामा बाटो नखुले पुनः पोखरा फर्कने उहाँले बताउनुभयो । कालिखोलाको पहिरोले चितवनको नारायणगढ–मुग्लिन सडक थुनिएको झन्डै तीस घण्टा हुन लाग्यो । जति जाम लम्बिदै छ, उति यात्रुहरु प्रभावित हुँदै छन् । पर्याप्त पैसा नभएकाको राती गाडी मै बास प¥यो । भोकभोकै सुत्ने अवस्था आयो । कोही भने चाउचाउ चिउराको भरमा बसे । 

सडक अवरुद्ध भएपछि महिला र बालबालिका बढी प्रभावित भएका छन् । चितवनकी पत्रकार इन्दिरा दाहाल पनि सोही पहिरोमा रोकिनुभयो । उहाँ एउटा संस्थाले दिएको अलैँचीको विरुवा चितवनको विकट काउलेमा वितरण गरेर फर्कदा जाममा पर्नुभएको हो । “शुक्रबार ८ बजे पहिरो खस्यो, अनि फसियो”– उहाँले भन्नुभयो – “राति यात्रुको अवस्था दर्दनाक थियो ।” 

दाहालकाअनुसार बढी महिला र बालबालिका प्रभावित थिए । पैसा हुनेहरु मुग्लिनका होटलमा बस्न आए । नहुनेहरु चाउचाउ चिउराको भरमा गाडीमै रात बिताए । कतिपय सडकमै अलपत्र देखिन्थ्ये । रातभर बालबालिकाहरु चिच्चयाइरहेका थिए । यात्रुका अनुहारमा पिडा छचल्किएको थियो । 

मुग्लिनका सबै होटल भरिएपछि कतिपय यात्रु त्यसै सडकमा फर्किए । जामका कारण कतिपय जहाँबाट आएका उतै फर्किए भने पैसा हुनेहरु नौबिसे हुँदै हेटौँडातर्फ लागे । पश्चिम जानेहरु पोखराहुँदै बुटबलतर्फ लागे । नहुनेहरु जतिबेला बाटो खुल्छ उतिबेलै जाने भन्दै कुरिरहेका छन् । अझ वीच बाटोमा अड्किएका यात्रु नजिक पसल नहुँदा किनेर खाने अवस्था पनि नभएको प्रत्यक्षदर्शी बताउँछन् । 

तीनवटा बिहेका लागि हिँडेका गाडीमध्ये एउटा बिहे स्थगितै गरेर फर्किए । एउटा बिहेको दुलाहा र केही जन्ती हिँडेर माथिबाट पहिरो काट्ने भन्दै गएको पत्रकार दाहालले बताउनुभयो । 

अर्काे बिहेका जन्ती भने बैकल्पिक बाटो खोज्दै फर्किए । अर्का पत्रकार राजु चौधरी पनि सोही जाममा अड्किनुभएको छ । काठमाडौँबाट चितवन आउँदा मुग्लिन नजिकै कालिखोलामा पहिरो गएकाले शुक्रबार देखिनै उहाँ पनि रोकिनुभएको हो । पहिरो भन्दामाथिबाट छिचोलेर जाने प्रयास पनि उहाँको असफल भयो । दैनिक १० हजार गाडी हिँड्ने उक्त सडकमा अहिले हजारौँ यात्रु अलपत्र छन् । 

“कतिपयले पहिरोमाथि डाँडाबाट बाटो काटे, कतिले पहिरो बाटै ज्यान जोखिममा राखेर बाटो काटे”–पत्रकार चौधरीले भन्नुभयो, “पहिरोमा एक जनाको ज्यान गएपछि अहिले प्रहरीले हिँड्न दिएको छैन ।” 

शुक्रबार बिहान सवा ८ बजे खसेको पहिरो एकपछि अर्काे थपिएकाले बाटो खुलाउन सकिएको छैन । सक्ने गाडी जति फर्किएका छन् भने बीचमा अड्किएका सवारीको अहिलेपनि ठूलो जाम छ । १०÷१२ किलोमिटरसम्म दुईतर्फ नै गाडीको जाम रहेको प्रहरीले जनाएको छ । 

चितवनबाट जाने गाडीलाई जामपछि भरतपुर आसपासमै रोकेको प्रहरी उपरीक्षक दीपक थापा बताउँछन् । कालिखोलामा २०० मिटर माथिबाट खसेको पहिरो करिब ५० मिटर लम्बाइको छ । चितवनका ट्रफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्त राति जोखिम भएकाले बिहान पाँच बजेबाट पुनः पहिरो पन्छाउन थालिएको बताउनुहुन्छ । अझै सडक खुल्न केही घण्टा लाग्ने उहाँले बताउनुभयो । अहिलेको पहिरो यो वर्षकै ठूलो रहेको जनाइएको छ । नारायण ढुङ्गाना/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने