2026-09-08 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ममताको हत्या गरेर शव लुकाएको आरोपमाथि अमेरिकामा बहस, कोठामा भेटिएको रगत ममताको नै भएको पुष्टि

काठमाडौँ | नरेश भट्टमाथि श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको आरोप लागेको छ । भूतपूर्व अमेरिकी सैनिक नरेशले आफ्नी श्रीमती ममताको गएको जुलाई अन्तिममा हत्या गरेर शव लुकाएको आरोपमा अब अदालतमा बहस हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

सोमबार उनीमाथि हत्या र शव लुकाएको अभियोग लागेको हो । यो बहसका क्रममा ममताकी आमा गीता पनि अदालतमा उपस्थित थिइन् । ३७ वर्षीय नरेशले ममताको हत्या ३० जुलाईतिर गरेको मानसास पार्क प्रहरीको भनाइ छ ।

मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोका अनुसार ममताको कोठामा फेला परेको रगतको डीएनए जाँच गरिएको थियो । जाँचमा उक्त रगत ममताको नै भएको पुष्टि भयो । प्रहरी प्रमुखले भने, “सुरुआतदेखि नै हामीलाई उनको हत्या भएको शंका लागेकाे थियो । यो कुरा डीएनए जाँच र अरु प्रमाणबाट पुष्टि भएको छ ।”

ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने अझै भेटिएको छैन । प्रहरीले शवको खोजी निरन्तर जारी राख्ने बताएको छ ।

ममता प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन् । उनी अन्तिमपटक २७ जुलाईमा अफिस पुगेकी थिइन् । लामो समय अफिस नआएपछि उनका सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी २ अगष्टमा ममताको घर पुगेको थियो ।

प्रहरीले ममतालाई फेला नपारेपछि उनका श्रीमान् नरेशसँग सोधपुछ गरेको थियो । नरेशले पनि ममतालाई अन्तिमपटक ३१ जुलाईमा भेटेको बताएका थिए । प्रारम्भिक अनुसन्धानपछि ममतालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई २२ अगष्टमा पक्राउ गरेको थियो । त्यसयता नरेश प्रहरी हिरासतमा छन् । लामो अनुसन्धानपछि नरेशले नै ममताको हत्या गरेर शव लुकाएको प्रमाण अदालतमा पेस गरेको छ ।

प्रहरीका अनुसार, नरेशले गुगलमा ‘श्रीमती मरेको कति समयपछि विवाह गर्न पाइन्छ ?’ ‘भर्जिनिया राज्यमा श्रीमती हराएमा के कानुन छ ?’ भनेर सर्च गरेका थिए । यसबाहेक उनले वालमार्टबाट तीन वटा चक्कु र घर सरसफाइ गर्ने प्रशस्तै सामान खरिद गरेको प्रमाण प्रहरीले संकलन गरेको छ ।

हत्या र शवको बेपत्ता गरेको अभियोग लागेका नरेशलाई मंगलबार अदालतमा पेस गरिँदैछ । नरेश र ममताको एक वर्षीया छोरी छिन् । अमेरिकामा रहेकी ममताकी आमाले अदालतबाहिर पत्रकारसँग विलौना गर्दै भनेकी छन्, “मेरो मुटु दुःखेको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित