2026-09-08 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ममता बेपत्ता भएको १२५ दिनपछि अन्ततः नरेश भट्टमाथि हत्याको मुद्दा दायर, हिरासतमुक्त हुने सम्भावना समाप्त

काठमाडौँ | ममता काफ्ले बेपत्ता भएको १२५ औं दिनपछि उनका पति नरेश भट्टमाथि अन्ततः हत्या गरेको अभियोगमा मुद्दा दायर भएको छ ।
श्रीमती हत्यापछि शव लुकाएको आरोपमा गत २२ अगस्टमा पक्राउ परेका उनीमाथि यसअघि हत्या अभियोग लाग्ने–नलाग्ने अन्योल थियो ।

प्रहरीसँगको बयानमा भट्टले श्रीमती ममताको हत्या तथा उनको शव लुकाएको कुरा अस्वीकार गर्दै आएका थिए । निरन्तरको इन्कारी बयानका कारण उनी चाँडै प्रहरी हिरासतबाट मुक्त हुने अनुमान गरिएको थियो । तर, हत्या अभियोग लागेसँगै हिरासतमुक्त हुने सम्भावना अब सकिएको छ ।

गत १६ साउन (२९ जुलाई)मा अमेरिकाको भर्जिनियाको मनाससस्थित घरबाट ममता बेपत्ता भएकी थिइन् । प्रहरीसँगको बयानका क्रममा उनले श्रीमती ममता जीवितै रहेको दाबीसमेत गरेका थिए । उनको यस दाबीले ममता जीवितै रहेको झिनो आशा त्यसबेला पलाएको पनि थियो ।

तर, हालै बाथरुममा फेला परेको रगत ममताको डीएनएसँग म्याच भएपछि प्रहरीले नरेशमाथि हत्याको अभियोग लगाएको हो । यद्यपि, उनको शव भने फेला परेको छैन । शव फेला नपरे पनि उनका पति भट्टमाथि हत्या अभियोग लगाइएको हो ।

अदालतको ग्रान्ड जुरीले अनुमति दिएपछि प्रहरीले अभियोग पत्र दर्ता गरेको हो । नरेशमाथि ममताको हत्या गरेकोसँगै शव टुक्राटुक्रा पारेको र शव बेपत्ता बनाएको थप दुईवटा चार्ज लगाइएका छन् । यी सबै आरोप पुष्टि भएको खण्डमा उनलाई आजीवन कारावासको सजाय हुनसक्ने जानकारहरू बताउँछन् । अमेरिकाका कतिपय राज्यहरूमा यस्तो केसमा मृत्युदण्डको समेत प्रावधान छ । तर, भर्जिनियाको कानूनमा मृत्युदण्ड भने छैन । त्यसैले उनीमाथि आजीवन कारावासको अधिकतम सजाय हुन सक्छ ।

ममता काफ्ले भर्जिनियाको प्रिन्स विलियम मेडिकल कलेजमा नर्सको रूपमा कार्यरत थिइन्, २७ जुलाईमा कार्यालय गएपछि बेपत्ता भएकी थिइन्। ममताका सहकर्मीहरूले उनलाई हराएको जानकारी दिएपछि प्रहरीले खोजी अभियान थालेको थियो। अनुसन्धानका क्रममा प्रहरीले नरेश भट्टलाई २२ अगस्टमा पक्राउ गरेको थियो।

प्रहरी अनुसन्धानमा भट्टले ममताको हत्या गरी शव टुक्राटुक्रा पारेको आशंका गरिएको छ। घटनास्थलमा भेटिएको रगत र वालमार्टबाट खरिद गरिएका चक्कु तथा सफाई सामग्रीले अभियोग पुष्टि गर्ने आधार बनाएका छन्। भट्टले गुगलमा “श्रीमती मरेपछि विवाहका लागि कति समय लाग्छ” भन्ने खोजी गरेको प्रमाण भेटिएको थियो। नरेशले आफ्नो घर र टेस्ला गाडी बिक्री गर्न खोजेको र छोरीलाई नेपाल पठाउन कागजात तयार गरेको पाइएको थियो।

पक्राउपछि नरेशले अपराध अस्वीकार गर्दै आएका थिए। तर, डीएनए रिपोर्ट सार्वजनिक भएपछि प्रहरीले ठोस प्रमाणसहित अभियोग दायर गरेको छ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ घर भएका नरेश धनगढीमा चिकित्सा प्रतिनिधि (एमआर)को रूपमा कार्यरत थिए। डीभी परेपछि २०७३ सालमा अमेरिका गएका उनी यूएस आर्मीको आईटी विभागमा काम गर्थे। ममता र नरेशको विवाह २०७७ मा भएको थियो, र ममता २०७८ मा अमेरिका गएकी थिइन्।

ममताका १.५ वर्षकी छोरी अहिले नेपालबाट अमेरिका गएका उनका आमा र भाइको हेरचाहमा छिन्। परिवारले शव खोजी कार्यलाई तीव्र बनाउन अपिल गरिरहेको छ।

हत्याको मुद्दा लागेसँगै अर्को वर्ष यसको अन्तिम सुनवाइ हुने छ । २०२५ को सेप्टेम्बर ८ देखि अक्टोबर ३ तारिखभित्र प्रत्येक दिन सुनवाइ हुने र फैसला सुनाइने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित