२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको सांग्रिला डेभलपमेन्ट बैंकमा चोरी, चोरले लगे सीसी क्यामेरा पनि

२०८१, २० मंसिर बिहीबार १५:२६

दार्चुला | सांग्रिला डेभलपमेन्ट बैंकको दार्चुलास्थित शाखामा चोरी भएको छ। मंसिर १८ गते राति बैंकमा चोरी भएको र चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार महाकाली नगरपालिका ४ खलंगास्थित बैंकको शाखा कार्यालयको झ्याल फोडी चोरी भएको थियो। चोरी आरोपमा सोही ठाउँका २३ वर्षीय तुसार लुहारलाई प्रहरीले पक्राउ गरेको छ।

उनको घरकोठा खानतलासी गर्दा बैंकबाट चोरी भएको नगद ८५ हजार ५ सय, बैंकको ट्याग भएको कार्टुन र कार्टुन भित्र हेड सिसिटिभि क्यामेरा पनि फेला परेको छ।

यस्तै एटीएम कार्ड चार थान, फिक्स डिपोजिट सर्टिफिकेट एकथान र बैंकको स्टोर रुमबाट चोरी भएको एउटा खुकुरी पनि प्रहरीले बरामद गरेको छ।

चोरी गर्दा प्रयोग गरेको हेल्मेट, कपडा र जुत्ता समेत बरामद गरी उनलाई आवश्यक पक्राउ गरेको दार्चुला प्रहरीले जानकारी दिएको छ।

प्रहरीले उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने