८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा अनुमति नलिइकनै निजी विद्यालय सञ्चालन

२२ असार २०७४, बिहीबार ०८:२२

असार २२, नवलपरासी । नवलपरासी जिल्लामा धैरै सङ्ख्यामा अवैध रुपमा (नियम विपरीत) निजी विद्यालय (बोर्डिङ) सञ्चालन हुँदै आएका छन् । 

विशेष गरी तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन हुँदै आएका निजी विद्यालयहरु (बोर्डिङ)को सङ्ख्या अझ बढी सङ्ख्यामा रहेको पाइन्छ । 

जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा ३० वटा विद्यालय अनुमति नलिई सञ्चालन भइरहेका छन् । विशेष गरी कक्षा १० सम्मको कक्षा सञ्चालन गर्नेबाहेक स–साना कक्षा सञ्चालन गर्ने विद्यालय अधिकांश मापदण्ड विपरीतका रहेका छन् । 

त्यसरी अनुमति नलिई बोडिङ स्कुल सञ्चालन हुने क्षेत्रमा सबैभन्दा बढी जिल्लाको ग्रामीण क्षेत्रमा रहेका छन् । 

अनुमति नलिई अवैध रुपमा सञ्चालन हुँदै आएका बोर्डिङ स्कुललाई बन्द गराउन र त्यस्ता विद्यालयलाई मापदण्डमा ल्याउन कार्यालयले काम थालेको जिल्ला शिक्षा अधिकारी मानबहादुर खड्काले जानकारी दिनुभयो । 

आर्थिक प्रलोभनमा परी जिल्ला शिक्षा कार्यालयले अनुमति नपाएका बोर्डिङ स्कुललाई कारबाही नगरेको भन्दै व्यापक विरोध भएपछि जिल्ला शिक्षाले सबै निजी विद्यालयलाई मापदण्डमा ल्याउन यस्तो प्रयास थालेको छ । 

अनुमति नपाएकासँगै भौतिक पूर्वाधार पूरा नगरी झुपडीमा सञ्चालन भएका विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले अनुमति दिएको, शाखा विद्यालय सञ्चालन भएको र अनुमति नलिएका बोर्डिङ स्कुलले लाखौँ रुपैयाँ राजस्व नतिरेकाले कर ठगी गरेको शिक्षा कार्यालयको ठम्याइ छ । 

छिमेकी जिल्ला चितवन र अन्य जिल्लामा अवैध बोर्डिङ स्कुल बन्द भए पनि नवलपरासीमा भने बन्द नहुनुमा जिल्ला शिक्षा कार्यालयको कमजोरी रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन नवलपरासीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी