२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

विराटनगर किंग्सले भित्र्यायो नेदरल्याण्ड्सका एडवार्ड्सलाई

२०८१, २५ मंसिर मंगलवार १५:१८

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को टिम विराटनगर किङ्सले नेदरल्याण्ड्सका २८ वर्षीय विकेटकिपर ब्याट्सम्यान स्कट एडवार्ड्सलाई टोलीमा भित्र्याएको छ।

एडवार्ड्सले ७१ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जहाँ उनले २१.७२ को औसतमा १,०२१ रन बनाएका छन्। उनका नाममा २ अर्धशतक पनि छ। उनले यसअघि मेलबर्न रेनगेड्स र भिक्टोरियाका लागि क्लब क्रिकेट खेलेका छन्।

विराटनगर किङ्स लिगको अङ्क तालिकामा पुछारमा छ। टोलीले चार खेलमा केवल १ खेल जितेको छ र दुई अङ्क मात्रै जोडेको छ। क्लब एमएडी ड्रिम्स स्पोर्ट्स प्रालिको स्वामित्वमा छ, जसले १ करोड ५१ लाख रुपैयाँमा यो टोली किनेको हो।

विराटनगर किङ्सका मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने टोलीका प्रमुख प्रशिक्षक आयरल्याण्डका केभिन ओ ब्रायन हुन्।

यसअघि टोलीले विदेशी खेलाडीका रूपमा न्युजिल्यान्डका मार्टिन गप्टिल, ओमानका अकिब इल्यास, क्यानडाका निकोलास किर्तन, स्कटल्यान्डका क्रिस सोल, र अफगानिस्तानका इस्मात आलमलाई अनुबन्ध गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना