असर २३, भक्तपुर । अस्तव्यस्त बन्दै गएको अस्पतालको सेवा सुधार्न खोज्दा अस्पतालकै चिकित्सकदेखि कर्मचारी समेतले सरुवाको धम्की दिएको भक्तपुर जिल्ला अस्पतालको सुपरिटे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असर २३, भक्तपुर । अस्तव्यस्त बन्दै गएको अस्पतालको सेवा सुधार्न खोज्दा अस्पतालकै चिकित्सकदेखि कर्मचारी समेतले सरुवाको धम्की दिएको भक्तपुर जिल्ला अस्पतालको सुपरिटे"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पताल सुधार्न खोज्दा सरुवाको धम्की

२०७४, २३ असार शुक्रबार ०९:४१

असर २३, भक्तपुर । अस्तव्यस्त बन्दै गएको अस्पतालको सेवा सुधार्न खोज्दा अस्पतालकै चिकित्सकदेखि कर्मचारी समेतले सरुवाको धम्की दिएको भक्तपुर जिल्ला अस्पतालको सुपरिटेन्डेन्ट डा सुधा देवकोटाले बताउनुभएको छ । 

डा हरि केसीको सरुवा भएपछि सो पदमा सरुवा भएर आउनुभएकी देवकोटाले अस्पतालको सेवा सुधार्दै २४ सै घन्टा सेवा दिने निर्णय गरेपछि सरुवाको धम्की आएको बताउनुभएको हो । 

अस्पतालको तलब खाएर निजी अस्पतालमा जाने र ११ बजे आएर २ बजेपछि क्लिनिक जाने यहाँका चिकित्सकलाई पूरै समय अस्पतालमा रहेर सेवा दिन आग्रह गर्दा डा सरिता श्रेष्ठ र डा जमुना किरण पौडेलले उल्टै कर्मचारीको हस्ताक्षर गराएर सरुवा गर्ने धम्की दिएको अस्पताल प्रशासनले जनाएको छ । 

प्रशासनका अनुसार आमा सुरक्षा कार्यक्रम अन्तर्गत २४ सै घन्टा प्रसूति सेवा दिनेगरी आउनुभएकी डा पौडेल भक्तपुर अस्पतालमा केही घन्टा मात्रै बसेर अन्य समय गठ्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालमा नियम विपरीत गएर सेवा दिएपछि सुपरिटेन्डेन डा देवकोटाले २४ सै घन्टा सेवा दिन निर्देशन दिनुभएको थियो । 

क्वार्टरको सुविधा लिएर अस्पतालकै सवारी साधनको समेत दुरुपयोग गरी अन्यत्र गएर सेवा दिएको पाइएपछि त्यसलाई रोक्न खोज्दा विवाद भएको प्रशासनको भनाइ छ । 

त्यसैगरी अस्पतालमा सातामा दुई दिन आएर ६ दिनको हाजिर गर्दैआउनु भएकी अर्का डा सरिता श्रेष्ठलाई प्रत्येक दिन अस्पतालमा सेवा दिन डा देवकोटाले निर्देशन दिंदा विवाद चर्किएको थियो । 

प्रशासन कर्मचारीकाअनुसार सातामा दुई दिन अस्पतालमा आउने र अन्य दिन निजी क्लिनिकमा जाने गर्नुभएकी डा श्रेष्ठले एकै पटक छ दिनको हाजिर गर्दा पनि प्रशासन प्रमुख मौन बसेकाले समस्या आएको हो । 

मेडिकल सुपरिटेन्डेन्टमा डा देवकोटा आएपछि डा श्रेष्ठलाई पूरै समय भक्तपुर अस्पतालमा सेवा दिन निर्देशन दिएकामा उहाँले सरुवाको धम्की दिएपछि दुई जनाबीच बोलचाल नै बन्द भएको प्रशासनका कर्मचारीको भनाइ छ । 

विवादबीच डा पौडेल र डा श्रेष्ठले केही दिनयता अस्पतालमा थप समय काम गर्न थालेपनि अस्पतालमा कर्मचारीबीच नै बोलचाल बन्द हुँदा व्यावहारिक समस्या भएको कर्मचारीको गुनासो छ । केही चिकित्सक र कर्मचारीको मिलेमतोमा ल्याबलगायतका विभिन्न परीक्षण एवम् एक्सरेका लागि बाहिर क्लिनिकमा पठाउने र यहीँ उपचार हुने रोगको समेत उपचार नगरी निजी अस्पतालमा पठाउँदै आएकामा अहिले त्यसलाई रोकेर अस्पताल मै सेवा दिन सुरु गरेको अस्पतालको दाबी छ । अहिले एक्सरे, ल्याब, फार्मेसी, प्रसूति र आकस्मिक सेवालाई २४ सै घन्टा सञ्चालनमा ल्याइएको छ । 

मेडिकल सुपरिटेन्डेन्ट डा देवकोटाले अस्पतालको सेवा सुधार गरेको दाबी गर्दै भन्नुभयो–“अहिले सबै चिकित्सकलाई नियमित गराएको छु, काम नगरी निजी क्लिनिक जाने चिकित्सकलाई यहाँ नियमित गराएको छु, ओपिडी सेवालाई विस्तार गराएको छु, राति पनि अस्पतालमा चिकित्सकलाई अनिवार्य बस्ने व्यवस्था गरेको छु ।” 

अस्पतालको सेवालाई सुधार्न खोज्दा सरुवा गर्ने धम्की आए पनि त्यसको पर्वाह नगरी काम गरेको बताउँदै उहाँले यहाँ उपचार हुनै नसक्ने बाहेक अरु बिरामीलाई बाहिर नपठाउने र रिक्त रहेको जनशक्ति पठाइदिन स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेको बताउनुभयो । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले केही समयभित्रै अस्पतालमा आईसियु सेवा समेत सञ्चालन गर्ने तयारी गरेको बताउँदै अस्तव्यस्त रहेको अस्पतालको सेवालाई सुधार्दै नमुनाको अस्पताल बनाउने प्रयास भएको बताउनुभयो । रमेश गिरी/रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह