२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ सतुंगलमा कोठाभित्र सडिगलिसकेको अवस्थामा किशोरीको शव फेला, एक युवक पक्राउ

२०८१, ४ पुष बिहीबार १२:०९

काठमाडौँ | काठमाडौँ को सतुंगलमा एक जना किशोरीको हत्या भएको छ। चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगल खरिबोटको एक घरमा किशोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

धादिङ गजुरी गाउँपालिका वडा नम्बर ४ घर भई खरिबोटस्थित एक घरको भुई तलामा डेरा गरी बसेकी १७ वर्षीया सरिता तामाङको शव बुधबार दिउँसो १ बजे फेला परेको हो। उनको हत्या आरोपमा प्रहरीले गजुरी गाउँपालिका वडा नम्बर ३ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १४ खड्का गाउँ बस्ने २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरेको छ।

सरिता नैकापको बिष्णुदेवी शिक्षा सदन माविमा कक्षा १० मा पढ्थिन्। उनी मंसिर २९ गते मध्यराति देखि हराइरहेकी थिइन्। उनी बस्ने कोठामा बाहिरबाट ताला लगाइएको थियो। आफ्नी बहिनी हराएको भन्दै सरिताका दाइ नवीन रूम्बा तामाङले गत सोमबार (पुस १ गते) दिउँसो प्रहरी वृत्त थानकोटमा निवेदन दिएका थिए।

त्यस निवेदन परेपछि प्रहरी परिसर र मातहत कार्यालयहरूले खोजी गरिरहेको थियो। खोजी गर्ने क्रममा बुधबार अपराह्न ३ बजेतिर प्रहरी डेरा कोठामा पुगेको थियो। डेरामा बाहिरबाटै चुकुल लगाइएको कोठामा गन्ध आइरहेको थाहा पाएपछि खोलेर हेरेको थियो। त्यस कोठामा रहेको खाटमुनि शव राखिएको अवस्थामा फेला परेको एसपी अधिकारीले बताए।

‘शव सडिगलिसकेको अवस्थामा थियो, हत्यापछि लो बेड मुनि राखेर बाहिरबाट ताला लगाएको देखिन्छ,’ उनले भने, ‘ताला लगाइएको हुँदा बहिनी बाहिर गएको होला भनेर दाइले सोचेको देखिन्छ।’

केही दिनसम्म कोठाभित्रै रहेको हुँदा शव गलिसकेको उनको भनाइ छ। यस्तै हत्याको कारणबारे पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीलाई दिएको प्रारम्भिक अनुसन्धानमा सामान्य विवादमा सरिताले गाली गरेर हातपात गरेको र त्यसक्रममा आफूले कुटपिट गरेको भनेर विश्वासले प्रहरीसमक्ष भनेका छन्। एसपी अधिकारीका अनुसार पक्राउ परेका विश्वास पनि मृतकका नातेदार पर्छन्।

प्रहरीले मृतकको मोबाइल पनि विश्वासबाट बरामद गरेको छ। शव पोष्टमर्टमको लागि शिक्षण अस्पतालमा लगिएको छ। पोष्टमर्टमबाट मृत्यु कसरी भएको भन्नेबारे खुल्ने प्रहरीले जनाएको छ। प्रहरी वृत्त थानकोट र परिसरले यस घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट