२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोलाले जिप बगाउँदा चारजना बेपत्ता

२६ असार २०७४, सोमबार ०७:५३

असार २६, पाल्पा । खोलाले जिप बगाउँदा पाल्पामा चारजना बेपत्ता भएका छन् । 

माथागढी गाउँपालिका–३ सराइस्थित तिनाउ खोला तर्ने क्रममा गएराति करिब २: ३० बजे लु१ज १२१७ नंको जिप बगाउँदा त्यसमा सवार चार जना बेपत्ता भएका हुन् । 

बेपत्ता हुनेमा माथागढी–१ चिदिपानीका करिब ४० वर्षीय तिलवीर गाहा, उहाँकी श्रीमती ३५ वर्षीय माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदम कुँवर र जिप चालककी श्रीमती तानसेन नगरपालिकाका करिब २८ वर्षीया उषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जानकारी दिनुभयो ।

जिप चालक शक्ति बस्नेतको सकुशल उद्धार गरिएको छ भने बेपत्ता यात्रु र जिपको खोजी कार्य जारी छ । खोलामा पानीको बहाव बढेपछि उद्धार कार्यमा समस्या परेको प्रहरी जनाएको छ । 

पहिरोले सडक अवरुद्ध हुँदा यात्रु मारमा 

लगातारको वर्षाका कारण पहिरो जाँदा पाल्पाका विभिन्न सडकहरु अवरुद्ध भएपछि यात्रु मारमा परेका छन् । सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम तानसेनबाट रामपुरका लागि छुट्ने गाडीहरु गन्तव्यमा पुग्न सकिरहेका छैनन् । 

रामपुरबाट सदरमुकाम तानसेन, बुटवल, पोखरा, काठमाडौँलगायतका स्थानमा छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् । एक हप्तादेखि परेको वर्षाले जिल्ला सदरमुकाम तानसेन जोड्ने रामपुर आर्यभञ्ज्याङ सडकखण्डअन्तर्गत सानो गल्धाको बैछापमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको हो । 

सो बाटो भएर गुड्ने सवारीसाधन नचल्दा यात्रुहरु बीचबाटोमै अलपत्रमा परेका छन् । यहाँ डोजर लगाएर पहिरो पन्छाउने काम भए पनि पुनः बेलाबेलामा पहिरो खस्दा निकै समस्या उत्पन्न भएको छ । 

यस्तै रामपुरदेखि छुट्ने ग्रामीण सडकमा पनि एक हप्तादेखि नै सवारीसाधन चल्न सकेका छैनन् । रामपुरदेखि मित्याल, झिरुवास, गल्धा, अर्चले, हुँगी, गेझा, पूर्वी पाल्पाको बाकामलाङ, सहलकोटलगायत स्थानमा छुट्ने सवारीसाधन चल्न सकेका छैनन् । ग्रामीण सडकहरु अवरुद्ध भई सवारीसाधन नचल्दा यस क्षेत्रका जनता मर्कामा परेको बाकामलाङका चेतन पुलामी बताउनुहुन्छ । सवारीसाधन चल्न नसक्दा दैनिक उपभोग्य वस्तु गाउँमा निर्यात नभएपछि सर्वसाधारणको जीवन गुजारा गर्न समस्या थपिएको उहाँले बताउनुभयो । 

जिल्लाको दोस्रो व्यापारिक केन्द्र रहेको रामपुर बजारमा खाद्यान्नलगायतका अति आवश्यक सामग्री ओसारपसार गर्न नपाउँदा यहाँका जनता मारमा परेका हुन् । कच्ची बाटो अवरुद्ध हुँदा सुत्केरी बिरामीलाई अस्पतालसम्म पु¥याउन निकै समस्या परेको छ । एम्बुलेन्ससमेत चल्न नसक्दा पूर्वी पाल्पाका जनतालाई ठूलो सास्ती खेप्नु परेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु