२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ

२०८१, ८ पुष सोमबार १३:१५

काठमाडौँ | जमिनमुनिबाट सुन निकालिदिने प्रलोभनमा पारेर दुई करोड ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ मोहनपुर इँटाभट्टानजिकै बस्ने नसिर अहमद बेहेनाको जाहेरीका आधारमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाई पक्राउ परेका हुन्।

हलवाईले सुन निकालेर दिने प्रलोभनमा पारेर बेहेनाबाट पटकपटक गरी करिब दुई करोड ठगी गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी आयुशप्रशाद जोशीले जानकारी दिएका छन्।

इँटाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकाली दिन्छु भनेर पटकपटक गरी दुई करोड ठगी गरेको भन्दै परेको जाहेरीका आधारमा हलवाइलाई पक्राउ गरिएको डिएसपी जोशीले बताएका छन्।

बेहेनाले मंसिर १५ गते हलवाईविरूद्ध प्रहरीमा जोहरी दिएका थिए। आरोपितलाई खोजी गर्ने क्रममा प्रहरीले हलवाइलाई पुस ५ गते बिहान नेपालगञ्ज वडा नम्बर ४ स्थित बसपार्कबाट पक्राउ गरेको थियो। पक्राउ परेका हलवाइलाई चार दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति प्रदान गरेको डिएसपी जोशीले बताए।

पक्राउ परेका हलवाईबाट तीनवटा माटाको घैंटाहरू र तीभित्र धातुले बनेका सिक्का एक हजार ४९ वटा सिक्का, तीनवटा पित्तलको घैंटाहरू, धातुले बनेको पुरानो सिक्री, धातुले बनेको एउटा गणेशको मूर्ति, विभिन्न आकारका ६ सय पत्थरहरू, धातुका डिब्बा तीनवटा, छालाको कालो रंगको झोलभित्र ताबिजसहितको बट्टा, उर्दू भाषामा लेखिएको एउटा किताब, भारतीय नम्बर प्लेट यूपी ३२ पिपी ६११० नम्बरको कार र नेपाल र भारतका विभिन्न बैंकका चेक तथा भौचरहरू बरामद भएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका हलवाईमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित