२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ

८ पुष २०८१, सोमबार १३:१५

काठमाडौँ | जमिनमुनिबाट सुन निकालिदिने प्रलोभनमा पारेर दुई करोड ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ मोहनपुर इँटाभट्टानजिकै बस्ने नसिर अहमद बेहेनाको जाहेरीका आधारमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाई पक्राउ परेका हुन्।

हलवाईले सुन निकालेर दिने प्रलोभनमा पारेर बेहेनाबाट पटकपटक गरी करिब दुई करोड ठगी गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी आयुशप्रशाद जोशीले जानकारी दिएका छन्।

इँटाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकाली दिन्छु भनेर पटकपटक गरी दुई करोड ठगी गरेको भन्दै परेको जाहेरीका आधारमा हलवाइलाई पक्राउ गरिएको डिएसपी जोशीले बताएका छन्।

बेहेनाले मंसिर १५ गते हलवाईविरूद्ध प्रहरीमा जोहरी दिएका थिए। आरोपितलाई खोजी गर्ने क्रममा प्रहरीले हलवाइलाई पुस ५ गते बिहान नेपालगञ्ज वडा नम्बर ४ स्थित बसपार्कबाट पक्राउ गरेको थियो। पक्राउ परेका हलवाइलाई चार दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति प्रदान गरेको डिएसपी जोशीले बताए।

पक्राउ परेका हलवाईबाट तीनवटा माटाको घैंटाहरू र तीभित्र धातुले बनेका सिक्का एक हजार ४९ वटा सिक्का, तीनवटा पित्तलको घैंटाहरू, धातुले बनेको पुरानो सिक्री, धातुले बनेको एउटा गणेशको मूर्ति, विभिन्न आकारका ६ सय पत्थरहरू, धातुका डिब्बा तीनवटा, छालाको कालो रंगको झोलभित्र ताबिजसहितको बट्टा, उर्दू भाषामा लेखिएको एउटा किताब, भारतीय नम्बर प्लेट यूपी ३२ पिपी ६११० नम्बरको कार र नेपाल र भारतका विभिन्न बैंकका चेक तथा भौचरहरू बरामद भएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका हलवाईमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी