२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बालकोटमा हत्या गरिएका बाबु–छाेराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा–नातिलाई दागबत्ती

२०८१, १० पुष बुधबार १५:१५

काठमाडौँ | आफ्नै छोरा र दाइद्वारा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीणको मंगलबार राति अत्येष्टि गरिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान खोटाङका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए ।

उनीहरुको हत्या कुलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको स्वयं उनले स्वीकार गरिसकेका छन् ।

मृतकहरुलाई कुलप्रसादका ८१ वर्षीय बुबा षडानन्द आचार्यले दागबत्ति दिए । हिन्दु संस्कारको मृत्यु संस्कारअनुसार जेठो छोराका नाताले मिलनले नै दागबत्ति दिनुपर्ने हो । तर, परिवारका सबै उनीप्रति आक्रोशित भएका कारण त्यस्तो नगरिएको परिवारका एक सदस्यले  बताए ।

दाहसंस्कारपछि षडानन्द नरेफाँटस्थित मनहरास्थित किरियापुत्री भवनमा काममा बसेका छन् । कुलप्रसादकी पत्नी रेजिना पनि श्रीमानको किरियामा छिन् ।

खोटाङमा जिल्ला हुलाक कार्यालयको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका कुलप्रसादलाई कार्यालयले नै एउटा स्कुटी दिएको थियो ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउनका लागि सोही स्कुटी लिएर उनी शनिबार भक्तपुर आइपुगेका थिए । अनलाइन फारम भरेर ट्रायल दिने दिनको प्रतीक्षामा उनी बालकोटस्थित छोराहरु बस्ने डेरामै बसेका थिए ।

आइतबार राति मिलन आफैंले पकाएको मासु भात खाएर उनीहरु सुतेका थिए । सोमबार विहान मृत फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट