२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, ९ जना घाइते

२०८१, ११ पुष बिहीबार १३:०८

काठमाडौँ | भोजपुरमा स्कार्पिओ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

भोजपुर नगरपालिका-५ बोखिमको डाडाँटोल भन्ने ठाउँको भित्री सडक खण्डमा आज बिहान साढे ८ बजेतिर प्रदेश १-०२-००२ च ६९२३ नम्बरको स्कार्पिओ सडकबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा झापाको गौरादह नगरपालिका-७ का झम्कबहादुर घलेको मृत्यु भएको श्रेष्ठले बताए।

दुर्घटनामा स्कार्पिओ चालक र एक बालकसहित नौ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए।

‘गम्भीर घाइते तीनजनालाई थप उपचारको लाग केही बेरअघि हेलिकप्टरबाट काठमाडौँ पठाएका छौँ,’ श्रेष्ठले भने, ‘अन्य घाइतेको अहिलेसम्म भोजपुर जिल्ला अस्पतालमै उपचार भइरहेको छ। त्यसमध्ये बढी चोट लागेका केहीलाई धरान लैजाने तयारी हुँदैछ।’

इन्सपेक्टर राईका अनुसार गम्भीर घाइते भोजपुर नगरपालिका–५ कि लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ कि इहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको हो।

स्कार्पिओ चालक सुनसरीको धरान- ८ का सुदीप लिम्बू उपचारपछि डिस्चार्ज भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

स्थानीय टेम्केडाँडा भ्रमणमा जाँदै गरेका यात्रु सवार स्कर्पिओ आफैँ अनियन्त्रित भइ सडकबाट करिब २५० मिटर तल खसेको श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा