२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिचुवान एयरलाइन्सले पोखरामा गर्‍यो चार्टर उडान, अब नियमित उडान गर्ने

२०८१, ११ पुष बिहीबार १४:०७

काठमाडौँ | चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले छेन्दु पोखरामा चार्टर उडान गरेको छ । यो वायुसेवाले छुन्दुबाट १२९ जना लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विहीबार विहान १० बजे अवतरण गरेको छ ।

उक्त एयरलाइन्सले ११ बजेर ३० मिनेटमा काठमाडौं हुँदै छेन्दु फर्कने भएको छ । यो वायुसेवाले छेन्दु पोखरा काठमाडौं नियमित उडानको जानकारी दिने भएको छ । उक्त उडानको जानकारी दिन विहीबार साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ ।

यो उडानसँगै अब सिचुवानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने तयारी गरेको छ । सिचुवानले पोखरामा उडान सुरु गरे यो विमानस्थलमा नियमित उडान गर्ने पहिलो वायुसेवा कम्पनी हुने छ ।

पोखरा विमानस्थल चिनियाँ ऋण सहयोगमा नै बनेको विमानस्थल हो । यो विमानस्थल बनाउन सरकारले करिब २२ अर्ब रुपैयाँ खर्च गरेको भए पनि विमानस्थलको उद्घाटन भएको दुई वर्षसम्म पनि उडान भने सुरु हुन सकेको छैन । यो विमानस्थल सञ्चालनमा आएको आगामी जनावरी १ देखि दुई वर्ष पूरा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित