नेपाली सांगीतिक क्षेत्रका लागि चिनिएको नाम हो बिनय केटुको । डेढ दशक देखी निरन्तर गायन, संगीत तथा एरेन्जरका रुपमा निरन्तर काम गरिरहेको बिनयको तेश्रो एल्बममा समावेश गाजलु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेपाली सांगीतिक क्षेत्रका लागि चिनिएको नाम हो बिनय केटुको । डेढ दशक देखी निरन्तर गायन, संगीत तथा एरेन्जरका रुपमा निरन्तर काम गरिरहेको बिनयको तेश्रो एल्बममा समावेश गाजलु"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाजल लगाएर फोटो खिच्नुस, पुरस्कार जित्नुस

२०७४, २७ असार मंगलवार ०४:५४

नेपाली सांगीतिक क्षेत्रका लागि चिनिएको नाम हो बिनय केटुको । डेढ दशक देखी निरन्तर गायन, संगीत तथा एरेन्जरका रुपमा निरन्तर काम गरिरहेको बिनयको तेश्रो एल्बममा समावेश गाजलु बोलको गीत केही समय अघि मात्रै सार्बजनिक भएको थियो । उक्त गाजलु बोलको गीत सार्बजनिक गरेसंगै यसको टिमले नयाँ मोडल खोज्ने उदेश्यका साथमा एक फोटो प्रतियोगीता गर्ने भएको छ । 

एक भिडियो सार्बजनिक गदैं यस गीतका गायक तथा संगीतकार बिनय केटुले गाजलु फोटो कन्टेस्टको आयोजना गरिने जानकारी दिएका हुन् । गाजलुमा एलिसा राई र नेपाली ठिटोज्को अभिनय रहेको छ । 

सार्बजनिक फोटो कन्टेस्टको प्रोमोमा समेत एलिसालाई प्रस्तुत गरिएको छ । प्रोमो अनुसार उक्त फोटो कन्टेस्टका लागि प्रतिस्पर्धीले आफ्नो दुई प्रति गाजल लगाएको फोटो पठाउनु पर्नेछ । 

फोटो संगै सार्बजनिक गाजलु बोलको गीतको स्थाई गाएर लिप्सिङ् गरिएको भिडियो पठाउनु पर्नेछ । बिनयका अनुसार यो गीतको प्रोमोशनका लागि मात्र नभएर राम्रो एक प्रतिभा खोज्ने प्रयास समेत रहेको बताएका छन् । 

उनका अनुसार छांयाकनका लागि तयारी अवस्थामा रहेको एक गीतका लागि नयाँ मोडलको आवश्यकता परेकाले पनि उक्त फोटो कन्टेस्टले नयाँ मोडल पाउने जानकारी दिए । 

 गाजलु फोटो कन्टेस्टको नतिजा ३ महिना पछि सार्बजनिक गरिनेछ । प्रतिस्पर्धीले फोटो पठाउँदा आफ्नो पुरा विवरण समेत साथमा पठाउनु पर्नेछ । र ३ महिना पछि सार्बजनिक गरिने यस गाजलु फोटो कन्टेस्टको बिजेताले नगद ११ हजार १ सय ११ रुपैया सहित गिफ्ट ह्याम्पर र एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत पाउनेछ । 

 गाजलु फोटो कन्टेस्टमा भाग लिनका लागि [email protected] मा आफ्नो विवरण र सामग्री पठाउन सकिनेछ । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह