१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङका व्यवसायी श्रेष्ठको अपहरण र हत्यामा संलग्न युवती पक्राउ

२७ असार २०७४, मंगलवार ०८:०५


असार २७, दाङ ।तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका– ६ की १७ वर्षीया पूजा घर्तीमगरलाई पक्राउ गरेको छ ।

अपहरण पश्चात हत्या गरिएका तुलसीपुरका व्यापारी श्रेष्ठको अपहरणमा संलग्न भनिएकी ती युवतीलाई भारतको हिमान्चल प्रदेशबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । 

अपहरण र हत्यामा संलग्न भएको आरोपमा पक्राऊ परेकी पुजालाई प्रहरीले आज बेलुकी ५ बजे पत्रकार सम्मेलनगरी सार्वजनिक गर्दैछ । पूजा घर्तीले फोन गरेर बोलाएपछि श्रेष्ठ सल्यानतर्फ जाँदै गर्दा अज्ञात समूहले बाटोबाटै अपहरण गरेको थियो ।

अपहरणको तीन दिनपछि नै श्रेष्ठको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत जेठ २७ गते अपहरणमा परेका श्रेष्ठको शव भने यही असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका-४ झिम्पे भन्ने स्थानमा ढुंगाको थुप्रोमा पुरिएको अवस्थामा भेटिएको थियो ।

श्रेष्ठको हत्यामा संलग्न अन्य चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव