२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली डाक्टर बनी बेहोस बनाए लुटपाट गरेको आरोपमा एक जना पक्राउ

२०८१, १२ पुष शुक्रबार १४:४८

काठमाडौँ | नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

तीन लाख नगद र गरगहना लुटपाट गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका-४ आरूखर्क बस्ने जितेन्द्र मण्डल छन्।

उनले सामाजिक सञ्जालमार्फत पीडितसँग साथी बनेका थिए। आफू डाक्टर हुँ भनेर चिनजान गराएका उनले सुगर रोगको उपचार गर्छु भन्दै पीडितलाई औषधि खुवाएका थिए।

औषधि खुवाएर बेहोस बनाएपछि कोठा भित्र रहेका सुन, चाँदीका गहनाहरू र ३ लाख नगद लुटेर फरार भएको आरोप उनीमाथि छ।

प्रारम्भिक अनुसन्धान गर्दा सिसिटिभी फुटेजको सहयोगमा प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो।

उनीमाथि अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटो पठाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट