१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रेष्ठ अपहरणका योजनाकार सार्वजनिक, घर्तीको पनि हत्या गरेको खुलाशा

२७ असार २०७४, मंगलवार १३:२९


असार २७, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका ब्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुर घर्तीको पनि हत्या भएको रहस्य खुलेको छ ।

श्रेष्ठलाई हत्या गर्ने क्रममा प्रत्यक्षदर्शी रहेका दाङकै घर्तीलाई पनि अपहरणकारीले सँगै लगेका थिए । रुकुम जान छुट्टै गाडीमा चढेका घर्तीले श्रेष्ठको अपहरण भइरहेको देखेको र अपहरणकारीलाई चिनेर बोलाएपछि उनीहरुले श्रेष्ठसँगै घर्तीलाई पनि अपहरण गरेका थिए । 

अपहृत घर्तीलाई पनि श्रेष्ठकै हत्याको दिन सल्यानको झिम्पे क्षेत्रमै हत्या गरिएको अभियुक्तहरुले प्रहरीसमक्ष बयान दिएका छन् । यद्यपि उनको शव फेला परेको छैन ।

यसैबीच श्रेष्ठको अपहरण गरी हत्या गर्ने मुख्य अभियुक्तहरु पक्राउ परेका छन् । उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका मुख्य योजनाकारको रुपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका ८ बस्ने २८ बर्षीय भुपेन्द्र भण्डारी र तुलसीपुर ११ बस्ने ३० बर्षीय खुमबहादुर केसीलाई पक्राउ गरेको छ । 

भण्डारीलाई तुलसीपुरबाटै र केसीलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।

त्यस्तै मुख्य अभियुक्तको रुपमा पक्राउ पर्नेहरुमा सल्यान झिम्पे कोरवाङ घर भइ हाल दाङको साविक हेकुली ६ बालापुर बस्ने ३७ बर्षीय मानबहादुर भण्डारी, दाङकै साविक शान्तिनगर ४ घर भइ हाल तुलसीपुर ६ बस्ने ३९ बर्पीय टीकाराम घर्ती र उनकै छोरी १८ बर्षीया पूजा घर्ती रहेका छन् । उनहिरुलाई बाँकको डुडुवा गाउँपालिका ६ स्थित नेपाल भारतको सिमानामा पर्ने हिरमोनिया भन्ने ठाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै घटनामा संलग्न रहेको अभियोगमा तुलसीपुर ९ का ४१ बर्षीय नारायण ओलीलाई पनि पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । 

गत जेठ २७ गते अपहरणमा परेका श्रेष्ठको शव भने यही असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका-४ झिम्पे भन्ने स्थानमा ढुंगाको थुप्रोमा पुरिएको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’