९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

१४ पुष २०८१, आईतवार १२:२४

काठमाडौँ | लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नु परेको छ ।

हेलिकप्टरमा चरा ठोकिएपछि पाइलटले थप जोखिम नलिई सुरक्षित रूपमा काभ्रेपलाञ्चोकको साँगामा आकस्मिक अवतरण गराएका छन् ।

कम्पनीका एक उच्च अधिकारीका अनुसार, ‘चरा ठोक्किए पनि एयरक्राफ्टमा कुनै ठूलो क्षति भएको देखिएको छैन । हेलिकप्टरलाई पुनः उडानका लागि तयारी गरिँदैछ।’

विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ जना यात्रु सवार थिए । सबै यात्रु सुरक्षित रहेको स्रोतको भनाइ छ ।

उडानका क्रममा हेलिकप्टरमा चरा ठोक्किएपछि सम्भावित जोखिम टार्नका लागि पाइलटले तत्काल नजिकैको सुरक्षित स्थानमा हेलिकप्टर अवतरण गराएका थिए ।

हेलिकप्टरका प्राविधिक जाँचपछि थप प्रक्रिया अघि बढाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो