१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा मरेको कुखुराको मासु खाएका किशोरको मृत्यु, अन्य तीन बिरामी

१४ पुष २०८१, आईतवार १७:५०

अछाम | अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्यु भएको छ भने परिवारका अन्य तीनजना बिरामी भएका छन् ।

कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

बिकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएको थिए । मासु खाएपछि बिरामी भएका बिकको आइतबार मृत्यु भएको भण्डारीले बताए ।

उनका अनुसार कुखुराको मासु खाने मृतककि हजुरआमा ७० वर्षीय नाम बिक, उनकी १४ वर्षीय नातिनी सीता बिक र नाति ९ वर्षीय विकास बिक पनि बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी भण्डारीले बताए ।

मरेको कुखुराको मासु खाएपछि मृतक बालकसहित परिवारका अन्य सदस्यमा पेट दु:ख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएको थियो।

मृतक किशोरका आमाबुवा रोजगारीका सिलसिलामा भारत रहेका छन् ।

घटनापछि अनुसन्धानका लागि प्रहरीले मासु पसल सञ्चालकलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ? भारतको होटलमा आमासहित एकै परिवारका पाँच सदस्य मृत फेला, २४ वर्षीय छोरा पक्राउ मुकुल ढकाललाई पुनःपदमा फर्काउन माग गर्दै कार्यवाहक सभापति अर्याललाई पत्र राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फैसला आज, जाला त सांसद पद ? सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय फिल्म बन्यो पुष्पा–२ , बाहुबली–२ को रेकर्ड तोडियो जनवरी १ तारिखमा नयाँ वर्ष मनाउने चलन कहिलेदेखि शुरु भयो ? सहकारी ठगी मुद्दाको थुनछेक बहस: रविलगायतका पक्ष–विपक्षमा आज क–कसले गर्दैछन् वहस ? गैंडाको आक्रमणबाट मकवानपुरमा फेरि एक महिला घाइते आज बुधबार ह्वात्तै बढ्यो सुनको मूल्य , तोलाको कति? प्रधानमन्त्री ओली दिए नयाँ वर्ष २०२५ को शुभकामना आज तीनवटा संसदीय समितिको बैठक बस्दै भावी योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै भीम रावल सर्लाहीमा यात्रुबाहक बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरीको मृ-त्यु पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागत आजको मौसम, तराई र पहाडी भागमा हुस्सु र कुहिरो लाग्ने चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते विदेश पठाउँछु भनेर २४ लाख ठगेको आरोपमा एक महिलासहित दुई जना पक्राउ प्रहरी हौँ भन्दै किशोरीको अपहरण, दुई जना पक्राउ इजरायलमा पहिलो चरणमा १ हजार केयर गिभर लैजान स्वास्थ्य परीक्षण सुरु