४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएर भीषण आगलागी, सात घर जलेर नष्ट

१५ पुष २०८१, सोमबार ११:४३

रौतहट । लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएर रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा बिहान भीषण आगलागी भएको छ ।

आगलागीबाट आधा दर्जन भन्दा बढी घर जलेर नष्ट हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ। गएराति सवा २ बजेको समयमा राजदेवी नगरपालिका ५ पताही बस्ने जगतनाथ पासवानको खरले बारेको फुसले छाएको घरमा नजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो।

आगलागीबाट बाबुलाल हजरा, रामनाथ पासवानको घर र ३ वटा बाख्रा, राम सोगारथ पासवान, दिपेन्द्र पासवान, विजय पासवान, कान्तिदेवी पासवान, प्रदीप पासवानलगायत सात जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागी बाट सात जनाको घर जलेर ८ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताएका छन् ।

आगलागी भएको खबर पाउना साथ बीओपी बेलबिछवा बाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहाको कमाण्डमा १० जना प्रहरीचौकी बसतपुरबाट असई रामलगन दासको कमाण्डमा ५ जनाको टोली,गौर नगरपलिकाको दमकल र स्थानिय वासीहरुको सहयोगमा बिहान साढे ३ बजे आगो पूर्ण रुपमा नियिन्त्रणमा आएको अन्य मनबिय क्षति नरहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ