२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएर भीषण आगलागी, सात घर जलेर नष्ट

२०८१, १५ पुष सोमबार ११:४३

रौतहट । लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएर रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा बिहान भीषण आगलागी भएको छ ।

आगलागीबाट आधा दर्जन भन्दा बढी घर जलेर नष्ट हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ। गएराति सवा २ बजेको समयमा राजदेवी नगरपालिका ५ पताही बस्ने जगतनाथ पासवानको खरले बारेको फुसले छाएको घरमा नजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो।

आगलागीबाट बाबुलाल हजरा, रामनाथ पासवानको घर र ३ वटा बाख्रा, राम सोगारथ पासवान, दिपेन्द्र पासवान, विजय पासवान, कान्तिदेवी पासवान, प्रदीप पासवानलगायत सात जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागी बाट सात जनाको घर जलेर ८ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताएका छन् ।

आगलागी भएको खबर पाउना साथ बीओपी बेलबिछवा बाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहाको कमाण्डमा १० जना प्रहरीचौकी बसतपुरबाट असई रामलगन दासको कमाण्डमा ५ जनाको टोली,गौर नगरपलिकाको दमकल र स्थानिय वासीहरुको सहयोगमा बिहान साढे ३ बजे आगो पूर्ण रुपमा नियिन्त्रणमा आएको अन्य मनबिय क्षति नरहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह