2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल मेडिकल एसोसिएसनले गर्यो एनपीएलका दुई चिकित्सक खेलाडीलाई सम्मान

काठमाडौँ | नेपाल मेडिकल एसोसिएसन (एनएमए)ले क्रिकेटको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-१ को विजेता र उपविजेता टिममा रहेका दुई जना चिकित्सक खेलाडीलाई सम्मान गरेको छ।

एनएमएको केन्द्रिय कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा विजेता जनकपुर बोल्टबाट खेलेका डा.नविन यादव र सुदूरपश्चिम रोयल्सबाट खेलेका डा. ईशान पाण्डेलाई सम्मान गरेको हो।

सम्मान कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा अनिल बिक्रम कार्की तथा महासचिव संजीव तिवारीले मेडिकल पढाई र पेसासँगै क्रिकेट खेलमा पनि उत्तिकै अब्बल प्रदर्शनी गरेकोमा बधाई दिँदै डाक्टरहरु आफ्नो पेसासँगै खेल र स्वास्थ्य क्षेत्र जोडेर समेत जान सक्छन् भन्ने प्रमाणित गरेकोमा खुसी व्यक्त गरे।

बधाई तथा शुभकामना दिन एनएमएका पूर्व अध्यक्षहरु डा भिजराज जोशी, डा अन्जनी कुमार झा, डा मुक्तिराम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष डा बद्री रिजाललगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई