2026-10-30 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल मेडिकल एसोसिएसनले गर्यो एनपीएलका दुई चिकित्सक खेलाडीलाई सम्मान

काठमाडौँ | नेपाल मेडिकल एसोसिएसन (एनएमए)ले क्रिकेटको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-१ को विजेता र उपविजेता टिममा रहेका दुई जना चिकित्सक खेलाडीलाई सम्मान गरेको छ।

एनएमएको केन्द्रिय कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा विजेता जनकपुर बोल्टबाट खेलेका डा.नविन यादव र सुदूरपश्चिम रोयल्सबाट खेलेका डा. ईशान पाण्डेलाई सम्मान गरेको हो।

सम्मान कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा अनिल बिक्रम कार्की तथा महासचिव संजीव तिवारीले मेडिकल पढाई र पेसासँगै क्रिकेट खेलमा पनि उत्तिकै अब्बल प्रदर्शनी गरेकोमा बधाई दिँदै डाक्टरहरु आफ्नो पेसासँगै खेल र स्वास्थ्य क्षेत्र जोडेर समेत जान सक्छन् भन्ने प्रमाणित गरेकोमा खुसी व्यक्त गरे।

बधाई तथा शुभकामना दिन एनएमएका पूर्व अध्यक्षहरु डा भिजराज जोशी, डा अन्जनी कुमार झा, डा मुक्तिराम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष डा बद्री रिजाललगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट