२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमाको शोकमा विक्षिप्त बनेकी छोरीको पनि मृत्यु

२०८१, १६ पुष मंगलवार १६:२०

बझाङ | दुर्घटनामा परेर आमाको ज्यान गएको शोकमा विक्षिप्त छोरीको पनि मृत्यु भएको छ । गत शनिबार थलारा गाउँपालिका–९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको बाटोमा हिँडिरहेका बेला सडकबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो । आमाको मृत्युपछि २५ वर्षीया छोरी रोहिणी जोशीको पनि मृत्यु भएको हो ।
आमाको दुर्घटनाको खबर सुन्नेबित्तिकै धनगढीमा रहेकी रोहिणी आइतबार साँझ बझाङ पुगेकी थिइन् । उनले आमाको शव हेर्न निकै जिद्दी गरिन् । आमाको पार्थिव शरीर देख्नेबित्तिकै उनी बेहोस भइन् ।

‘बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गरायौं,’ आफन्त विश्वप्रकाश जोशीले भने, ‘स्लाइन पानी चढाएपछि केही बेर होसमा आएपनि फेरि बेहास भइहालिन् ।’ सोमबार दिउँसो बेहोस अवस्थामा जिल्ला अस्पताल चैनपुर लगे पनि अस्पताल पुर्‍याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको जोशीले बताए ।

आमाको अन्त्येष्टि नहुँदै छोरीको पनि मृत्यु भएको हो । सोमबार साँझ सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको छ । आमाछोरीको मृत्युसँगै गाउँ शोकमा डुबेको छ । दुई दशकदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत पञ्चमालाको मृत्युमाथि छोरी रोहिणीलाई पनि गुमाउनुको पीडा थपिएको स्थानीय बताउँछन् । रोहिणी स्नातक तेस्रो वर्षमा अध्ययन गर्दै थिइन् ।

‘कसैलाई समस्या पर्दा सहयोग गर्न सबैभन्दा अगाडि पुग्ने उनकी आमाको स्वभाव थियो । छोरी पनि सबैकी प्रिय थिइन्,’ स्थानीय बलराम भण्डारीले भन्छन्, ‘गाउँ नै शून्य भएको छ ।’ १५ दिनअघि मात्रै रोजगारीका क्रममा दुबई पुगेका जगतप्रशाद जोशी श्रीमती मृत्युपछि घर पुग्न नपाउँदै छोरीलाई पनि गुमाउँदा भावविह्वल बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन