काठमाडौँ | विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पनौती घर भएका ७१ वर्षीय गणेश बहादुर थापा र नवलपुर घर भएर काठमाडौँको टोखा बस्ने ४२ वर्षीया शान्ती भण्डारी छन् ।
थापाले सर्विया पठाउँछु भनेर एक जनासँग ६ लाख ५० हजार रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । भण्डारीले हंगेरी पठाउँछु भनेर दुई जनाबाट १७ लाख ५० हजार ठगेकी हुन् ।
उनीहरूलाई कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।