आज बुधबार ह्वात्तै बढ्यो सुनको मूल्य , तोलाको कति?

साझासवाल
1 Min Read

काठमाडौँ | नेपाली बजारमा आज सुनको मुल्य एक हजार ४ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोवार भएको छापावाला सुन बुधबार १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।