2026-07-25 06:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनवरी १ तारिखमा नयाँ वर्ष मनाउने चलन कहिलेदेखि शुरु भयो ?

काठमाडौँ | जनवरी १ तारिखलाई वर्षको पहिलो दिन र नयाँ वर्षको आरम्भ किन मानिन्छ भन्नेबारे तपाईँलाई थाहा छ? यो दुई शताब्दीभन्दा अघिको कुरा हो जतिबेला जूलिअस सीजरले इसापूर्व ४५ मा छुट्टै ‘जूलिअन क्यालन्डर’ सुरु गरे।

त्यो पात्रो पृथ्वीले सूर्यलाई परिक्रमा गर्न कति समय लाग्छ भन्ने सिद्धान्तमा आधारित थियो। ३६५ दिनमा पृथ्वीले सूर्यको एक पटक परिक्रमा गर्छ। तर यो ठ्याक्कै ३६५ दिन भने होइन। त्यसैले समय मिलान गर्न चार वर्षमा एक पटक एक दिनलाई “लीप डे” भनेर थप्नुपर्ने हुन्छ। नयाँ पात्रो सुरु गर्न लाग्दा जूलिअस सीजरले वर्षको पहिलो दिन कुन मान्ने भन्ने निर्णय गर्नुपर्ने थियो। रोमनहरूका लागि जनवरी असाध्यै महत्त्वपूर्ण थियो किनभने त्यो महिना जेनस नामक देवताप्रति सम्मान प्रकट गर्न राखिएको थियो।

उनी भूतकाल र भविष्यकालसँग जोडिएका देवता हुन्। त्यसैले कसैले वर्षको कुनै दिन रोज्नुपरेमा यो महिना नै त्यस्तो क्षण हो जसलाई नयाँ कुरा थाल्ने समयका रूपमा लिने गरिन्छ। यही बेला ‘विन्टर सोल्स्टिस’ अर्थात् हिउँदमा पर्ने वर्षभरिकै सबैभन्दा छोटो दिनपछि युरोपमा दिनहरू लामा हुन थाल्छन्। रोमका लागि यसले शक्तिशाली अर्थ बोकेको छ। किनभने यो सबभन्दा छोटो दिनको पट्यारलाग्दो बेलापछिको समय थियो।

सबभन्दा छोटो दिनमा संसार अँध्यारो थियो, कठ्याङ्ग्रिएको थियो र केही पनि उब्जाउ भइरहेको थिएन। खेतबारीमा केही काम गर्न सकिन्नथ्यो। यो कालखण्डको समीक्षा गर्ने समय पनि हो। रोमनहरू शक्तिशाली बन्दै जाँदा र उनीहरूको साम्राज्य संसारभरि फेलँदै जाँदा उनीहरूको पात्रो पनि फैलियो। तर मध्यकालतिर इसाई धर्मको प्रभाव बढ्दै गयो र ज्यानुअरी १ लाई धर्म नमान्नेहरूको दिन भनेर पनि लिन थालियो। कैयौँ इसाई मुलुकहरूले मार्च २५ लाई नयाँ वर्ष आरम्भ हुने दिनका रूपमा मनाउन थाले।

मार्च २५ का दिन देवदूत ग्याब्रिअल मेरीका अगाडि उपस्थित भएका थिए। जिजस क्राइस्ट जन्मेका बेला क्रिस्मस मनाइन्छ तर नयाँ ईश्वरको जन्म हुने घोषणा भएको दिन फरक हो जुन दिन मेरीलाई उनले ईश्वरको एक नयाँ अवतारलाई जन्म दिँदै छन् भनिएको थियो ।

एक प्रकारले भन्दा जुन दिनदेखि क्राइस्टको कथा सुरु हुन्छ त्यस दिनलाई नै नयाँ वर्षको थालनी मान्नु कैयौँ दृष्टिकोणमा ठिक मानियो। सोह्रौँ शताब्दीमा पोप ग्रेगोरी तेह्रौँले ग्रेगोरिअन क्यालन्डर सुरु गरे। अनि त्यसमा क्याथलिक देशहरूमा जनवरी १ लाई नै नयाँ वर्षका रूपमा पुनर्स्थापित गरियो। तर इङ्ग्ल्यानड प्रोटेस्टन्ट राष्ट्र भएकाले सन् १७५२ सम्म मार्च २५ लाई नै वर्षको पहिलो दिन मानिन्थ्यो।

सन् १७५२ मा ब्रिटिश संसद्ले वर्षको पहिलो दिनको विषयमा बाँकी युरोपसँग समान हुने निर्णय गर्‍यो। अहिले धेरै देशहरूले त्यही ग्रेगोरिअन क्यालन्डरअनुसार नयाँ वर्ष मनाउँछन्। त्यसै कारण संसारभरि जनवरी १ का दिनलाई वर्षको पहिलो दिन मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक