८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिप दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु, ४ जना घाइते

१९ पुष २०८१, शुक्रबार ११:५०

काठमाडौँ | पूर्वी रोल्पाको सुनछहरी-६ फगाममा बोलेरो जिप दुर्घटना हुँदा एक जना यात्रुको ज्यान गएको छ। बिहीबार राति ९:३० बजेतिर जिप सडकबाट ५० मिटर तल खस्दा चालकसहित ४ जना घाइते छन्।

प्रहरीका अनुसार लु १ ज ४८८९ नम्बरको जिप सुलिचौर स्थित रुइनीबाङ देखि फगाम जाने भित्री कच्ची सडक खण्डको धुम्सीनजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा परेर सुनछहरी-६ फगामकी ५७ वर्षीया गौरा रोका मगरको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा मृत्यु भएको हो। चालक धुम्सी निबासी २९ वर्षीय धनीराम घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको अवस्था सामान्य छ।

दुर्घटनामा गम्भीर घाइते भएका सहचालक धुम्सीकै ३५ वर्षीय तिलबहादुर घर्तीलाई थप उपचारका लागि लुम्बिनी सीटी अस्पताल बुटवलमा पठाइएको छ। उनको शरीरमा भित्री भागमा चोट छ।

जिपमा सवार सुनछहरी-७ पोर्वाङका ४३ वर्षीय टेकबहादुर बुढा मगरको टाउकोमा चोट लागेको छ भने सुनछहरी-६ का २५ वर्षीय प्रेम रोका मगर पनि घाइते छन्। उनको पनि टाउकोमा चोट लागेको छ। दुवैको उपचार सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ। घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रोहितकुमार शाहीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी