२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाटो हिँड्दै गरेका दम्पतीको नाक काटेको आरोपमा एक जना पक्राउ

२०८१, १९ पुष शुक्रबार १३:०७

दाङ | नेकपा बहुमतका दाङ जिल्ला सेक्रेटरी अमर खड्का पतिपत्नीको नाक काटेको आरोपमा पक्राउ परेका छन्।

घोराही उमहानगरपालिका-१५ बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतको नाक काटेको आरोपमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पक्राउ परेका खड्काले गत मंसिर ६ गते दाङको घोराही उपमहानगरपालिका १५ निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाक काटिदिएका थिए । नाक काटेपछि विज्ञप्ति निकालेर उनले घटनाको जिम्मा लिएका थिए । खड्काले दाङ एमालेका नेता दुर्गा पन्थीलगायतमाथि कालोमोसो दलेको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ ।

गएको मंसिर ६ गते घोराही-१५, ओमशान्ति टोलस्थित सडकमा हिँडिरहेको बेला उनले धारिलो हतियार प्रहार गरेर बस्नेत दम्पतीको नाक काटेका प्रहरीले जनाएको छ। त्यसयता फरार रहेका उनलाई घोराही–१९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए।

‘खड्काविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय दाङबाट पक्राउ अनुमति लिएर पक्राउ गरेका छौँ,’ थापाले भने, ‘घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन