२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात

२०८१, २१ पुष आईतवार १२:२५

काठमाडौँ | जय ट्रफी मेन्स एलिट कप क्रिकेटको पहिलो दिन त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले पहिले ब्याटिङ गरिरहेको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपाल पुलिस क्लबले आर्मीविरुद्ध पहिले बलिङ रोजेको हो ।

खेलमा पुलिसले राम्रो सुरुवात गरेको छ । ४ ओभरको समाप्तीमा २ विकेट गुमाएर आर्मीले २ रन बनाएको छ ।


यस्तै, जनकपुरस्थित रामजानकी मल्टिपर्पस ग्राउण्डमा टस जितेर मधेसले बागमती प्रदेशविरुद्ध ब्याटिङ गरिरहेको छ । मधेसले ५ ओभरको समाप्तीमा विनाविकेट १५ रन बनाएर खेलिरहेको छ ।

खेल कुहिरोका कारण केही समय ढिलो सुरु भएको थियो ।

दुई दिवसीय फर्म्याटमा खेलाइने प्रतियोगितामा चार टोलीको प्रतिस्पर्धा हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा एलिट कप मधेस प्रदेशको जनकपुर र वीरगञ्जमा हुँदैछ ।

सिङ्गल राउण्ड रोविनका आधारमा लिग चरणका खेल हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना