२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्वतको पीपलटारीमा ग्याँसको रेगुलेटर लिक हुँदा १ जनाको मृत्यु, २ घाइते

२१ पुष २०८१, आईतवार १५:१४

पोखरा । पर्वत सदरमुकाम कुश्मामा ग्याँस लिई भई आगलागी हुँदा १ जनाको मृत्यु भएको छ । घटनामा अन्य २ जना घाइते भएका छन् ।

कुश्मा नगरपालिका वडा नम्बर १०, पीपलटारी रोहोटेका ध्रुव रेग्मीले आइतबार बिहान पाने ९ बजे दूध तताउने क्रममा ग्याँसको रेगुलेटर लिक हुँदा उक्त घटना भएको हो । ५२ वर्षीय रेग्मीले भान्छा कोठामा दूध तताइरहेको बखत त्यत्ति नै बेला छिमेकी ७५ वर्षीया दुर्गादेवी पौडेल दूध लिन भनी भान्सा कोठामा प्रवेश गरेकोमा एक्कासिमा रेगुलेटर लिई भई आगलागी हुँदा दुवैजनालाई आगोले पोलेर घाइते भएका थिए । उक्त खबरपछि पर्वत प्रहरी घटनास्थल पुगेको थियो ।

उद्धारका क्रममा दुर्गादेवीको घटनास्थलमै मृत्यु भएकोमा घाइते ध्रुवलाई भने अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टले बताए । ध्रुवकी श्रीमती ४३ वर्षीया तिला रेग्मीको उद्धार गर्ने क्रममा दुवै खुट्टा पोलेको थियो । उनको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ ।

गम्भीर घाइते ध्रुवको शरीरका विभिन्न भागमा पोलेको छ । उनको दुवै हात, शरीरको अगाडिको भाग, दुवै खुट्टा गरी करिब ४५ प्रतिशत जलेको छ । उनलाई जिल्ला अस्पताल पर्वतबाट थप उपचारार्थ पोखरास्थित मणिपाल शिक्षण अस्पताल रेफर गरिएको छ ।

उक्त अप्रिय घटनामा घरका दुवै कोठाहरुमा रहेका सामानहरु जलेर नष्ट भएका छन् । उक्त घर ढुंगा माटोले बनेको दुईतले कच्ची हो ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट डिएसपी विष्टको कमाण्डमा १५ जना र प्रहरी चौकी ठूलीपोखरीबाट प्रहरी सहायक निरीक्षक सुजितप्रसाद शाहको कमाण्डमा २ जनाको टोली घटनास्थल पुगेको थियो । घटनाको अनुसन्धान भइरहेको सूचना अधिकारीसमेत रहेका डिएसपी विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली