२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्वतको पीपलटारीमा ग्याँसको रेगुलेटर लिक हुँदा १ जनाको मृत्यु, २ घाइते

२०८१, २१ पुष आईतवार १५:१४

पोखरा । पर्वत सदरमुकाम कुश्मामा ग्याँस लिई भई आगलागी हुँदा १ जनाको मृत्यु भएको छ । घटनामा अन्य २ जना घाइते भएका छन् ।

कुश्मा नगरपालिका वडा नम्बर १०, पीपलटारी रोहोटेका ध्रुव रेग्मीले आइतबार बिहान पाने ९ बजे दूध तताउने क्रममा ग्याँसको रेगुलेटर लिक हुँदा उक्त घटना भएको हो । ५२ वर्षीय रेग्मीले भान्छा कोठामा दूध तताइरहेको बखत त्यत्ति नै बेला छिमेकी ७५ वर्षीया दुर्गादेवी पौडेल दूध लिन भनी भान्सा कोठामा प्रवेश गरेकोमा एक्कासिमा रेगुलेटर लिई भई आगलागी हुँदा दुवैजनालाई आगोले पोलेर घाइते भएका थिए । उक्त खबरपछि पर्वत प्रहरी घटनास्थल पुगेको थियो ।

उद्धारका क्रममा दुर्गादेवीको घटनास्थलमै मृत्यु भएकोमा घाइते ध्रुवलाई भने अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टले बताए । ध्रुवकी श्रीमती ४३ वर्षीया तिला रेग्मीको उद्धार गर्ने क्रममा दुवै खुट्टा पोलेको थियो । उनको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ ।

गम्भीर घाइते ध्रुवको शरीरका विभिन्न भागमा पोलेको छ । उनको दुवै हात, शरीरको अगाडिको भाग, दुवै खुट्टा गरी करिब ४५ प्रतिशत जलेको छ । उनलाई जिल्ला अस्पताल पर्वतबाट थप उपचारार्थ पोखरास्थित मणिपाल शिक्षण अस्पताल रेफर गरिएको छ ।

उक्त अप्रिय घटनामा घरका दुवै कोठाहरुमा रहेका सामानहरु जलेर नष्ट भएका छन् । उक्त घर ढुंगा माटोले बनेको दुईतले कच्ची हो ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट डिएसपी विष्टको कमाण्डमा १५ जना र प्रहरी चौकी ठूलीपोखरीबाट प्रहरी सहायक निरीक्षक सुजितप्रसाद शाहको कमाण्डमा २ जनाको टोली घटनास्थल पुगेको थियो । घटनाको अनुसन्धान भइरहेको सूचना अधिकारीसमेत रहेका डिएसपी विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा