२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

भूकम्पले ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित, कहाँ-कहाँ भयो क्षति?

२३ पुष २०८१, मंगलवार १२:४०

काठमाडौँ | तिब्बत केन्द्रविन्दु बनाएर गएको भूकम्पले कोशी प्रदेशका हिमाली जिल्लामा असर पारेको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा, ताप्लेजुङमा क्षति पुर्‍याएको छ । रामेछापका विभिन्न स्थानमा घरहरूमा क्षति पुगेको छ । प्रहरीका अनुसार अहिलेसम्म ६ वटा घर पूर्ण रूपमा भत्किएको र केही घरमा आंशिक क्षति पुगेको विवरण संकलन भएको छ।

ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–५ शिरिसेका इन्द्रबहादुर परियारको घर पूर्ण रूपमा भत्किएको छ भने सिद्धीचरण नगरपालिकाको चुहान छापका हिमाल कार्कीको घरमा आंशिक क्षति पुगेको छ ।


सोलुखुम्बुको थुलुङ दूधकोशीमा हर्कबहादुर खत्रीको घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ । त्यस्तै, खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ङिमा शेर्पाको घर पूर्ण रूपमा भत्किएको छ।

संखुवासभाको भोटखोलामा तेन्जिङ शेर्पाको घर पनि भत्किएको छ भने ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ।

त्यस्तै, रामेछापमा एउटा गोठमा क्षति पुगेको छ भने सिन्धुपाल्चोकको फुल्पिङकट्टीस्थित प्रहरी चौकीको भवनको भित्ता चर्किएको छ ।

प्रहरीले क्षति पुगेका स्थानमा खोज र उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, काठमाडौंको स्युचाटारमा एक व्यक्तिले भूकम्प आइरहँदा अताल्लिएर छतबाट हाम फालेको प्रहरीले जनाएको छ । दुवै खुट्टामा चोट लागेका उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पको असरले बारामा ११ जना विद्यार्थी बेहोस भएका छन् । तर, हाल उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ भूकम्पको २४ घण्टा : चीनमा ५१५ वटा परकम्प, कम्तीमा १२६ जनाको मृत्यु सहकारी ठगी प्रकरणमा मुछिएकी ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित जय ट्रफीमा पुलिसविरूद्ध मयन यादवको अर्धशतक सुनको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ? एमाले केन्द्रीय कमिटीमा खिमलालले भने- मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ? प्रधानमन्त्री ओलीले भने- संविधान संशोधन ०८७ मा हुन्छ बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ देउवालाई भेट्न बूढानीलकण्ठ पुगे लिङ्देन ‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’: भूकम्पविद् नेप्सेमा सामान्य सुधार, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट भूकम्पका कारण नेपालमा १३ जना घाइते सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ